बिहीबार दिउँसो सिन्धुपाल्चोकमा भूकम्प
काठमाडौं : बिहीबार अर्थात् हरितालिका (तीज)कै दिन सिन्धुपाल्चोकमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकमा बिहीबार दिउँसो ४.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।
केन्द्रका अनुसार दिउँसो ४ बजेर २५ मिनेट जाँदा सिन्धुपाल्चोक र तिब्बतको बोर्डरमा केन्द्र बनाएर भूकम्प गएको हो। सामान्य धक्का महसुस भएको भए पनि कुनै क्षति भएको छैन ।