भ्रष्टाचारीको जासुसी र वैदेशिक रोजगारीमा ठग्नेविरुद्ध वाईसीएल

भ्रष्टाचारीको जासुसी र वैदेशिक रोजगारीमा ठग्नेविरुद्ध वाईसीएल

काठमाडौ : नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले भ्रष्टाचार गर्नेको सूचना संकलन गर्न र वैदेशिक रोजगारीमा जाने युवाहरु ठग्ने म्यानपावर कम्पनीविरुद्ध निर्णायक कदम चाल्ने निर्णय गरेको छ । आफ्नो राष्ट्रिय सम्मेलनपछि संगठनका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा र महासचिव सुबोधराज शेर्पालीले त्यस्तो घोषणा गरेका हुन् । 

‘सरकारी निकायमा हुने व्याप्त्त भ्रष्टाचार निर्मुल गर्नका लागि भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सुची तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान नै छेडिनेछ’ अध्यक्ष सापकोटा र महासचिव शेर्पालीले बिहिबार जारी गरेको प्रेस बक्तव्यमा भनिएको छ ‘यसअघिजस्तै राज्य भ्रष्टाचारप्रति उदाशिन रहन गए या राज्यका उपल्ला निकायहरुले ढाकछोप गर्न खोजे त्यसको सशक्त प्रतिवाद गर्नुको साथै भ्रष्टाचारीहरुको सुची समेत सार्वजनिक गरिनेछ ।’

युवाहरुलाई विदेश पठाउने भन्दै ठगी गर्ने केही मेनपावर कम्पनिका ठगी प्रकरण, विदेश पठाईसकेपछि गरिने श्रम शोषण तथा एउटा काम र पारिश्रमिक भन्दै अर्को गर्ने रबैया प्रति निन्दा गर्दै वाइसीएलले भनेको छ ‘यसबारे हाम्रो संगठनले निर्णायक कदम चाल्ने छ ।’

वाइसीएलले सात वटै प्रदेशहरुमा स्वस्थ्य शिविर, ७५ वटै जिल्लाका अस्पतालहरु, जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, मालपोत कार्यालय लगायतका सार्वजनिक सहकार्यका कार्यालयहरुमा स्वंयमसेवकिय भूमिका निर्वाह गर्ने भएको छ ।

‘राष्ट्रिय तथा स्थानीय पर्वहरु, उत्सव तथा महोत्सवहरु, दूर्घटना तथा प्राकृतिक विपत्तिहरुमा समेत स्वंयमसेवकहरु परिचालन गर्नका लागि टिमबद्धता, तालिम तथा प्रशिक्षणहरुको व्यवस्था गरिनेछ’ वाइसीएलले भनेको छ ।

युवाहरुको विदेश पलायन रोक्न र स्वदेशमा रोजगारीको अवस्था सिर्जना गर्न राष्ट्रिय उद्योगहरु संचालन गर्न वाइसीएलले सरकार तथा राष्ट्रिय पूँजिपतिहरुसँग अनुरोध गरेको छ । ‘आफैबाट सुरु गर्ने उदेश्यकासाथ स्वदेशी उत्पादनको क्षेत्रमा संगठन तथा यूवा व्यवसायीको साझेदारीमा ६ महिनाभित्र एक हजारभन्दा बढी युवाहरुलाई रोजगार बनाउने घोषणा समेत गर्दछ ’ प्रेस बक्तव्यमा भनिएको छ ‘स्वदेशमै रोजगारीको प्रशस्त सम्भावनालाई मध्यनजर गर्दै युवाहरुलाई विभिन्न शिपमुलक स्वदेशी तथा विदेशी तालिम र शिपविकास कार्यक्रमहरुमा संगठनले ध्यान दिनेछ ।’

एकताको दोस्रो राष्टिय सम्मेलनबाट एक लाख जम्मा गरी वाइसीएलले कार्यकर्ता संरक्षण कोष खडा गरेको छ भने यो कोषलाई बृद्धि गर्दै लगिने बताएको छ । ‘यो कोषको रकमबाट आपतकालिन उद्धार, नेता कार्यकर्ताहरु दूर्घटनामा पर्दा औषधी उपचार लगायतका विषयमामात्रै खर्च गरिनेछ’ बक्तव्यमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.