सयममै उद्धार हुन नसक्दा गाडीभित्रै मृत भेटिए

सयममै उद्धार हुन नसक्दा गाडीभित्रै मृत भेटिए

जुम्लाः सयममै उद्धार हुन नसक्दा गाडीभित्रै रहेका यात्रुको दुई दिनपछि लास फेला परेको छ। बुधबार साँझ पातारासी गाउँपालिकामा दुर्घटना भएको जीपभित्रै रहेको यात्रु दत्त बुढा गाडीभित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

 

दुर्घटनापछि प्रहरीले उद्धार गर्न नसकेपछि मृतक बुढा दुईदिनसम्म नदिभित्र डुबेको जपभित्रै रहेका थिए। बुधबार साँझ साढे पाँच बजेतिर डिल्लीचौरबाट उर्थुमा आउँदै गरेको भे १ च २१४१ नम्बको जीप सडकबाट दुईसय मिटर तल खोलामा खसेको थियो।

स्थानीय र प्रहरीको निकै प्रयासपछि पनि जीपलाई तान्न नसक्दा पातारासी ९ का २५ वर्षीया हस्त बुढाको गाडीभित्रै मृत्यु भएको डिल्लीचौर प्रहरी चौकीका असई धनबहादुर साउदले बताए।

जीपभित्रै फसेका बुढाको उद्धारका लागि बिहीबार बिहानदेखि नेपाली सेना, सशस्त्रप्रहरी, प्रहरी र स्थानीयको सहयोगमा बिहीबार साँझ साढे चार बजेतिर निकालिएको प्रहरीले बताएको छ।

पानीको बहाव धेरै भएकोले जीपलाई नदिबाट निकाल्न सकिएको थिएन। मृतक बुढालाई पोष्टमार्टम गरी अभिभावकको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.