वडाको बजेट बढाउने सहमतिपछि खाँदबारी नगरको ताला खुलाईयो

वडाको बजेट बढाउने सहमतिपछि खाँदबारी नगरको ताला खुलाईयो

संखुवासभा: खाँदबारी नगरपालिका अन्तर्गतका वडामा विनियोजित बजेटप्रति असन्तुष्टि जनाउँदै नगर प्रमुख र उप-प्रमुखको कार्यकक्षमा तालाबन्दी खुलाइएको छ।

नगरसभाको निर्णय उल्टाउँदै वडालाई विनियोजित वृद्वि गर्ने सहमति पछि बुधबार लागाइएको ताल विहिबार दिउँसो खोल्ने सहमति भएको हो।

वडालाई ५२ लाख रुपैयाँ बजेट विनियोज गर्ने सहमिति पछि ताला खोलिएको हो। नगरप्रमुख मुरारी प्रसाद खतिवडाले मनोमानी ढंगले बजेट विनियोजन गरेको आरोप कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले तालाबन्दी गरेका थिए।

वडालाई विनियोजन गरेको २२ लाख रुपैयाँ बजेट अपुग भएको र बजेट १ करोड पुर्‍याउनुपर्ने माग राख्दै वडा अध्यक्षहरु आन्दोलित भएको थिए।

वडाहरुमा पर्याप्त बजेट नदिएको भन्दै पाँच वडा अध्यक्षहरुले पाँच दिन अघि सुरु गरेको चरणबद्ध आन्दोलनको क्रममा हिजो नगर प्रमुख, उपप्रमुख र कार्यकारी प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए।

माग सम्बोधन नभएसम्मको लागि तालाबन्दी गरिएपछि विहिवार नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरु र जनप्रतिनिधीहरुको छलफल पछि थप ३० लाख रुपैयाँ बिनियोजन गर्ने सहमति भएको हो।वडा अध्यक्षहरुको आन्दोलन राजनितिकरण भएपछि दलहरु समेत बसेर अन्तिम निर्णय गरेका हुन्।

आन्दोलनपछि केही हदसम्म भएपनि माग पुरा भएको खाँदबारी नगरपालिका १ का अध्यक्ष निरञ्जन श्रेष्ठले बताए। उनले भने, 'हुन त हामीले एक करोड माग गरेका हौँ।वार्तापछि माग गरिएको रकमको आधा मात्र दिए पनि माग पुरा भएकै मानेका छौँ।' वडालाई सिलिङ बजेट मार्फत बजेट विनियोजन गरिनुपर्ने वडा अध्यक्षहरु माग थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.