ओली उपचारका लागि भोलि थाइल्याण्ड जाँदै
काठमाडौँ: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नियमित स्वास्थ्य उपचार गराउनका लागि शुक्रबार थाइल्याण्ड जाने भएका छन्।
थाइ एयरवेजको विमानबाट शुक्रबार दिउँसो १ बजे उनले नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्डस्थित बैंकक जान थाल्नुभएको अध्यक्ष ओलीका स्वकीय सचिव अनिश दाहालले जानकारी दिए।
अध्यक्ष ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य पनि त्यसतर्फ जानुछन्। यही भदौं १४ गते उहाँ स्वदेश फर्कने कार्यक्रम रहेको स्वकीय सचिव दाहालले बताए।
नियमित स्वास्थ्य उपचारका लागि उनी ६÷६ महिनामा बैंकक जाने गरेका गरेका छन्। यसअघि जेठमा उहाँ उपचारका लागि बैंकक गएका थिए। रासस