स्वास्थ्यमन्त्री पोखरेलले काटिदिए बाढीपीडितको नङ

स्वास्थ्यमन्त्री पोखरेलले  काटिदिए बाढीपीडितको नङ

महोत्तरीः भंगहाका ३ बर्षीय श्रवन सदा चार दिनदेखि बिरामी परेका थिए।बाढीले घर डुबानमा परेपछि उनका अभिभावक खुल्ला अकाशमा रात बिताउँदै आएका छन्।

खुल्ला आकाशका राती आकाशलाई सुताएका कारण उनलाई ज्वरोले च्यापेको थियो।आर्थिक अभावका कारण उनलाई अस्पताल पुर्‍याउन नसकेका अभिभावकले बुधबार गाउँमै स्वास्थ्य विभागले आयोजना गरेको स्वास्थ्य शिविरमा जाँच गराएर।

 

शिविरबाटै औषधि लिएर उनका आमा सुनिताले श्रवनलाई लिएर घर फर्किए। दूधे छोरालाई काँखमा च्यापेर शिविरबाट औषधी लिएर फर्किदै गरिकी सुनिताले भनिन्,'खान पुगेको छैन। छोरोको उपचार भयो। कमसेकम मनमा मलहम लग्यो।'

साउन २८ गते राति आएको बाढीले महोत्तरीका ४० हजार घर डुवानमा परेको थियो। २ लाख स्थानीयहरु सडकमा छन्। उनीहरु विरामी पर्न थालेपछि स्वास्थ्य विभागले महामारी फैलिन सक्ने भन्दै महोत्तरीको ३७ बाढी डुवान गाउँमा एकै पटक २६ स्थानमा विशेषज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गरेको छ।

शुक्रबार आयोजना गरिएको शिवरबाट बाढी तथा डुवान प्रभावित क्षेत्रका १४ हजार ७ सय ६२ले सेवा लिए।
बालरोग, स्त्री विशेषज्ञ, छाला रोग विशेषज्ञ, जेनर फिजिसियान लगायतका विभिन्न रोगका बिशेष सहितको नेतृत्व टोलीले महोत्तरीका विभिन्न स्थानमा एकै पटकमा बाढी तथा डुवा क्षेत्रका स्थानीयहरुको स्वास्थय चेकजाँचको व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका जनस्वास्थ्य निरिक्षक गीरेन्द्र झाले बताए।

शिविरमा उपचार लिन आएकाहरुलाई स्वास्थ्य चेक जाँच गरि स्वास्थ्य रहने जनचेतना मुलक सन्देश प्रवाह गरिएको थियो। बाढी तथा डुवान क्षेत्रमा महामारी जन्य रोग फैलिन नदिन एकै पटकमा महोत्तरीको दुई दर्जन भन्दा बढी स्थानमा स्वास्थ्य शिविरको आयोजना गरिएको छ।

जनकपुर अञ्चल अस्पताल, जानकी मेडिकल कलेज जनकपुर, जानकी हेलथ केयर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगायतका एक दर्जन भन्दा बाढी स्वास्थ्य संस्थाका विभिन्न रोग विशेषज्ञलाई परिचालन गरि स्वास्थ्य शिविरको आयोजना गरिएको हो।

शिविरमा ज्वरो, रुखाखोकी, जीउ चिलाउने जस्ता समस्या बढी देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरिक्षक सन्तोष ठाकुरले बताए।

रोगका विरामी देखिएको शिविरमा सहभागि स्वास्थ्यकर्मीहरुले बताएका छन्। स्वास्थ्य शिविरमा २ महिना देखि २ बर्ष सम्मका बालबालिका र गर्भवति महिलालाई ५ किलोका दरले पोषिलो पिठो वितरण गरिएको थियो ।

शुक्रबार बाढीपछिको प्रचण्ड गर्मिका बीच पनि बाढी पीडितहरु स्वास्थ्य शिवरमा छाता ओढेर सेवा लिन पुगेका थिए।

'बाढी प्रभावित क्षेत्रमा स्वास्थय शिविर हुनु राम्रो हो। तर, बाढीले गर्दा लामखुट्टेको टोकाई पनि बढेको छ,' जलेश्वरका कौशलेन्द्र शर्माले भने,'सरकारले अब बाढी तथा डुवान क्षेत्रका पीडितलाई लामखुट्टेको टोकाईबाट बचाउन झुल वितरण गर्नु पर्छ।'

स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य प्रमुख नागेन्द्र प्रसाद यादवका अनुसार, स्वास्थ्य शिविरका झन्डै ७० लाख रुपैंया बराबरको औषधी वितरण गरिएको छ । जिवन जलदेखि विभिन्न रोगका औषधी वितरण गरियो ।

स्वास्थ्य शिविरले बाढी पीडितलाई 'मलहम पट्टी'
सरकारले बाढी प्रभावित क्षेत्रको नागरिकको स्वास्थ्य चेकजाँचको लागि शिविर आयोजना गर्नुले सरकार जनता प्रति प्रतिबद्ध रहेको गौशालाका सुरेश गुप्ताले बताए।

उनले भने,'सरकारले बाढी पीडितको स्वास्थ्य चेकजाँच गरेर उनीहरुको पीडामा मलहम पट्टी गर्ने काम गरेको छ। यस्ता शिविर अरु क्षेत्रमा पनि हुनु पर्छ। हामी साँझा माग हो।'

'बाढी प्रभावित क्षेत्रमा महामारी फैलिने सम्भाना रहन्छ। माहामारी फैलिन नदिन सतर्कता अपनाउन गाउँ गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका हौं,' स्वास्थ्य सेवा विभागका उप-महानिर्देश चुडामणी भण्डारीले भने,‘बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थाहरु बाढीको भेल पसेर औषधीहरु नष्ट भएकोले केन्द्रबाटै औषधीको व्यवस्था गरेर स्वास्थ्य शिविर आयोजना गरियो।'

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले महोत्तरीको लोहारपट्टीका एक बालक र वृद्धको नंग काटेर स्वास्थ्य शिविरको उद्घाटन गरेका थिए।मन्त्री पोखरेलले दिन भरी शिविर संचालित स्थानमा आफै पुगेर सेवा सुविधाको बारेका बुझेका थिए। उनी १० स्थानको शिविरमा पुगन भित्र्याए।

‘नेपालमा एकै पटकमा एकै जिल्लाका २६ स्थानमा स्वास्थय शिविरको आयोजना यो पहिलो नै हो । यस प्रकारको शिवर कहि कतै संचालन भएको मैले सुनेको छुइन्,' स्वास्थ्य मन्त्री पोखरेलले भने, 'यो स्वास्थय शिविर नमुनाको रुपमा आयोजना गरेका छौं । यसको सबल पक्ष केलाएर बाढी प्रभावित क्षेत्रमा बृह्त रुप दिन्छौं । यसका लागि बुधबारबाटै छलफल सुरु गरेका छौ ।'

स्वास्थ्य शिवरमा ७ सय स्वास्थ्यकर्मी, स्वंयमसेवीका, स्वंयम सेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.