प्रधानमन्त्री देउवा र भारतीय राष्ट्रपतिबीच भेटवार्ता
नयाँदिल्ली : प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गरेका छन्।
भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उनीहरुबीच नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।
यसैगरी बिहीबार साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गरेका छन् । उनीहरुबीच हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो । रासस