प्रधानमन्त्री देउवा र सोनिया गान्धीबीच भेटवार्ता
नयाँदिल्ली: प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीबीच आज भारतीय राष्ट्रपतिको कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको छ।
भेटमा अध्यक्ष गान्धीले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनका लागि प्रधानमन्त्री देउवालाई बधाई ज्ञापन गरे।
उनले हालै नेपालको तराई भूभागमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई सशक्त र सुदृढ बनाउनका लागि जनस्तरको सम्बन्धलाई अझ विकसित गर्नुपर्नेमा जोड दिए। रासस