भारतीयलाई लगानी गर्न आग्रह

भारतीयलाई लगानी गर्न आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । भारतको पा“चदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमूलक संस्था भारतीय उद्योग परिसंघ, भारतीय उद्योग वाणिज्य महासंघ र भारतीय व्यावसायिक संस्था एसोचेमद्वारा संयुक्त रूपमा आयोजित नेपाल-भारत व्यावसायिक फोरम बैठकलाई सम्बोधन गर्दै राणाले उनीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यमा दुवै देशका सरकारी तथा निजीक्षेत्रका उच्च व्यक्तित्व, लगानीकर्ता, उद्यमी व्यवसायी सहभागी थिए । उक्त बैठकमा महासंघ अध्यक्ष राणाले नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्तालाई आग्रह गरेकी हुन् । अध्यक्ष राणाले नेपालमा सञ्चालित भारतीय संयुक्त लगानीका कम्पनीले निकै धेरै नाफा कमाइ रहेको उदाहरण दिएको महासंघले जनाएको छ ।

उययुक्त वातावरण भएकाले विदेशी लगानीकर्ताका लागि अवसर । 

नेपालका लागि यतिखेर बाह्य लगानी तथा प्रविधिको अत्यन्त खाँचो रहेकाले यो समय लगानीका लागि निकै उपयुक्त रहेको अध्यक्ष राणाले स्पष्ट पारिन् । नेपाल सरकारले सबै प्रकारका लगानीमा उपयुक्त वातावरण बनाउँदै गएको उनको भनाइ छ ।

परिसंघ र पीएचडी चेम्बरबीच सम्झौता

प्रधानमन्त्रीसँग भारत भ्रमणमा गएको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डल पनि भारतमा आयोजित विभिन्न कार्यक्रममा संलग्न छ । प्रधानमन्त्री देउवाको सम्मानमा भारतीय निजीक्षेत्रका संस्थाले आयोजना गरेका कार्यक्रममा परिसंघ सहभागी भएको हो ।

भारतको एसोचेमको संयोजकत्वमा बुधबार ताज होटलमा आयोजित कार्यक्रममा परिसंघका उपाध्यक्ष एवं एसोचेम नेपाल च्याप्टरका सभापति निर्वाण चौधरीले नेपाल-भारत आर्थिक एवं व्यापारिक सम्बन्धबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

बुधबार नै आयोजित भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी राज्यमन्त्री, फिक्कीका उपाध्यक्ष, सीआईआईका आर्थिक गतिविधिसम्बन्धी परिषद्का सभापति एवं अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको एक समारोहमा उपाध्यक्ष चौधरीले नेपालले अघिल्लो आर्थिक वर्षमा ७.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको जानकारी दिए । यस्तो उच्च आर्थिक वृद्धि २०४६ को जनआन्दोलनपछिको सरकारले ल्याएको पहिलो चरणको आर्थिक सुधारका बेलामा मात्रै भएको उनको भनाइ छ । नेपालमा चाँडै लगानी सम्मेलन गर्ने कार्यक्रम रहेको पनि उनले बताए ।

यसैगरी बिहीबार पीएचडी चेम्बरमा भारतले लागू गरेको वस्तु तथा सेवासम्बन्धी कर (जीएसटी)बारेको छलफलमा परिसंघको प्रतिनिधिमण्डल सहभागी भयो । उक्त अवसरमा परिसंघ र पीएचडी चेम्बरबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.