तीजभन्दा बाढीपीडितमा ध्यान

तीजभन्दा बाढीपीडितमा ध्यान

जनकपुरधाम : तराई मधेसमा बाढीले जनजीवन प्रभावित पारेकाले महिलाको विशेष पर्व तीज खल्लो भएको छ । यस वर्ष जनकपुरमा तीजको त्यति रौनक देखिएन । तीजमा बढी खर्च गरेर आयोजना गरिने सांस्कृतिक कार्यक्रम वा नाचगान यस वर्ष भएन । यो तीज बाढीको त्रासदीका कारण रमाइलो हुन नसकेको हो । अन्य वर्ष तीजमा एक महिना पहिलादेखि नै नगरमा विभिन्न संघसंस्थाद्वारा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने गरिन्थ्यो । तीजका साथै तराई मधेसमा मनाइने चौठीचन्द्र पर्वको लागि पनि सामूहिक रूपमा महिला समूहले कार्यक्रम आयोजना गर्ने गर्थे ।

तर, यस वर्ष त्यस्ता कुनै कार्यक्रमको आयोजना भएनन् । न त सामूहिक रूपमा दरखाने कार्यक्रम नै भयो न त महिलाले नाचगान नै गरे । सम्पूर्ण तराई मधेस बाढीको दुःखमा डुबेको बेला तीजको रमझम गर्नु उचित नठानेर आफूहरूले यस वर्ष कार्यक्रम आयोजना नगरेको महिला अधिकारकर्मी उर्मिला यादवले बताइन् । अहिले मधेसमा बाढीले घरबारविहीन भएकालाई राहत पुर्‍याउनु, बिरामी परेकालाई स्वास्थ्य उपचार गराउनु, भत्केका संरचनालाई पुनः उठाउन सामूहिक प्रयास थाल्नु आवश्यक भएकाले तीजलाई सामान्य रूपमा मनाउने निर्णय आफूहरूले गरेको अन्तरपार्टी महिला सञ्जालकी रेणु झाले बताइन् ।

 प्राकृतिक विपद्को बेलामा महिलाले तीजको नाममा बढी खर्च गर्नुभन्दा बाढीपीडितका लागि राहत जुटाउन सहयोग गर्नु उचित हुन्छ ।

कुनै पनि चाडपर्व घरपरिवार र समाजको भलाइ, सुख र शान्तिको कामनाका लागि गरिने हुनाले यस वर्षको तीज बाढीपीडितको समस्यालाई समाधान र उनीहरूको दुःखमा चाँडै मल्हम लागोस् भन्ने कामनाका साथ मनाउन लागेको प्राध्यापक पुनम झाले बताइन् । प्राकृतिक विपद्को बेलामा महिलाले तीजको नाममा बढी खर्च गर्नुभन्दा बाढीपीडितका लागि राहत जुटाउन सहयोग गर्नुपर्ने समाजसेवी रामआशिष यादव बताउँछन् । महिला अधिकारवादी तथा विभिन्न क्षेत्रमा कार्यरत महिलाले हालसम्म बाढीपीडितको सहयोगका लागि प्रशंसनीय काम गरिरहेको भन्दै यादवले प्रशंसा गरे ।

तीजको अवसरमा नाचगान र सांस्कृतिक कार्यक्रम नहुँदा खल्लो अनुभव भए पनि समाजमा एकातिर कसैले बाढीका कारण भोकभोकै रात काटिराखेको र अर्कोले चाडपर्वको नाममा फजुल खर्च गरेको राम्रो नहुने हुँदा तीजका विशेष कार्यक्रम नगरिएको अधिवक्ता रेखा झाले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.