रेलमार्ग निश्चित, रेल अनिश्चित

रेलमार्ग निश्चित, रेल अनिश्चित

काठमाडौं : सरकारले रेलमार्ग निर्माणको कामलाई खण्डगत रूपमा तीव्रता दिएको छ। पूर्वपश्चिम रेलमार्गअन्तर्गत बर्दिवास-सिमरा खण्डको एक भाग यसै वर्ष पूरा गर्ने गरी कामले तीव्रता पाएको हो। यस खण्डको रेलमार्ग सम्पन्न भएपछि नेपालभित्र एक सय आठ किमि रेलमार्ग तयार हुनेछ। पछिल्लो समय सरकारले रेलमार्ग निर्माणमा गति दिए पनि आफ्नै रेल ल्याउने नल्याउने अझै अनिश्चित छ। यस बारेमा कुनै टुंगो नभएको रेल विभागका महानिर्देशक विष्णुओम बादेले जानकारी दिए।

नेपाली भूमिसम्म भारतर्फबाट पनि रेलमार्ग जोड्ने काम भइरहेको छ। फागुनसम्म भारतीय सीमाबाट जनकपुर-जयनगर खण्डको रेलमार्ग नेपाली भूमिमा जोडिनेछ। फागुनसम्म बर्दिवासदेखि जनकपुर-जयनगसम्म रेलमार्गको काम सक्ने गरी भारतीय पक्षले काम गरिहेको रेल विभागको भनाइ छ। विभागका अनुसार पुरानो रेलमार्गलाई नयाँ बनाउने भनिए पनि यसमा गुड्ने रेलको कुनै टुंगो छैन। विभागका महानिर्देशक वादेका अनुसार पूर्वपश्चिम खण्डको सानो भागमा रेलमार्ग बन्ने निश्चित भइसकेको छ। ‘नेपालको देखाउनलायक रेलमार्ग तयार हुँदै छ। केही समयभित्रै १०८ किमी रेलमार्गको पूर्वाधार तय हुनेछ। तर, कहिलेबाट रेल गुडाउने त्यस सम्बन्धमा अझै निश्चिन्त हुन नसकिएको उनको बुझाइ छ।

भारतीय सीमाबाट नेपालसम्म जोडिएको एक÷दुई वर्षभित्रै नेपालले बर्दिवास-सिमरा खण्डको १०८ किमि रेलमार्ग तयार पार्न चालू आवमै बजेट खर्चन सुरु भइसकेको छ। चालू आवमा छुट्याइएको चार अर्ब बजेटमध्येबाट यो खण्ड पूरा गर्ने योजना विभागको छ। भारततर्फबाट पनि नेपाल जोड्ने दुईवटा रेलमार्ग क्रस बोर्डर कनेन्टिभिटिका नाममा निर्माण भइरहेको छ। जोगवनी-विराटनगरको १८ किमि र जयनगर-जनकपुर-बर्दिवास ६९ किलोमिटरको निर्माण कार्य भइरहेको विभागको भनाइ छ। यी दुवै मार्ग पूर्वश्चिम रेलमार्गमै आएर जोडिन्छ।

पूर्वपश्चिम रेलमार्गअन्तर्गत बर्दिवास-सिमरा खण्डको एक भाग यसै वर्ष पूरा गर्ने गरी कामले तीव्रता पाएको छ।

सरकारले रेलमार्ग निर्माणलाई पहिलो प्रथामिकतामा राख्न नसकेकाले मागको तुलनामा यसको निर्माण गति ढिलो भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको भनाइ छ। विभागले रेल किन्न प्रयास गरे पनि बजेट अभाव र आवश्यक तयारी नभएकाले किन्ने काम अगाडि नबढेको मन्त्रालयले जानकारी दिएको छ। रेल विभागले सरकारी सहयोग, आवश्यक जनशक्ति र बजेट विनियोजन भए नेपालले आफ्नै रेल कुदाउन सक्ने पूर्वाधार तयार भइसकेको दाबी गरेको छ। नेपालले तत्काल रेल कुदाउन आवश्यक भएको र देखाउन भए पनि रेल राख्नुपर्ने आवश्यकता देखिएको विकास समस्या समाधान समितिको बैठकमा उठाइएको थियो।

 

रेल विभागले चालू आवको बजेटबाट बर्दिवास-सिमरा खण्डको ३० किमि रेलमार्ग निर्माणका लागि १० वटा ठेक्कामार्फत ट्र्याक बेड बनाउने काम गरिरहेको छ। यस खण्डमा पुल पुलेसा बनाउने काम विभागले अगाडि बढिरहेको छ। यस खण्डमा २० किमिको ट्रयाक बेड बनाउने काम ५० प्रतिशत सम्पन्न भएको रेल विभागको भनाइ छ।

विभागका अनुसार यो खण्डमा ५३ वटा कल्भर्ट, जनावर मार्ग, ११ वटा रब निर्माण भएको छ। रेल मार्ग निर्मार्णकै क्रममा कालिन्जोर तथा फुलजोर पुलको ४० प्रतिशत काम सकिएको छ। भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर-जनकपुर-बर्दिवासको ६९ किमिमध्ये जयनगर-जनकपुर-बिजुलपुरा ५२ किमिको ट्र्याक बेड तथा स्ट्रक्चरको काम सकिएको छ। बिजुलपुरा-बर्दिवास १७ किमि खण्डको जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढेको छ। कटहरी-विराटनगर बथनाहा १८ किमिको ट्र्याक बेडको काम धमाधम अगाडि बढिरहको विभागले जानकारी दिएको छ।

रेल विभागले चारवटा इन्जिन र २० वटा डिब्बासहितको रेलका लागि तीन अर्ब लागत अनुमान गरेर खरिदको योजना बनाइरहेको विभागका प्रवक्ता प्रकाश उपाध्यायले जानकारी दिए। उनले भने, ‘हामीले आवश्यक लागत योजना मन्त्रालयमा पेस गरेका छौं, सरकारले बजेटको व्यवस्था गरेको अवस्थामा रेल खरिद प्रक्रिया अगाडि बढाउन सकिन्छ।’ अहिलेदेखि प्रक्रिया अगाडि बढाएमा रेलमार्ग निर्माण हुनेवित्तिकै राष्ट्रिय ध्वजाबाहक रेल कुदाउन सकिने उनको बुझाइ छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले नेपालको आफ्नै रेल हुनु पर्ने र छोटो दूरीको भए पनि रेल सञ्चालन गर्नु पर्ने बताएका छन्। समितिकै बैठकमा मन्त्री बलायरले नेपालको गौरवका लागि विभागको योजना पेस गर्न आग्रह गरेका छन्।

रेलमार्ग निर्माणको गति कम भएकाले एउटा खण्ड बनेर बिग्रिसक्दा रेल सञ्चालन हुने अवस्था नदेखिएको भौतिक सचिव देवेन्द्र कार्कीको भनाइ छ। ‘वर्षको २÷४ अर्ब रुपैयाँ दिएर रेल चल्दैन, कम्तीमा ३०÷४० अर्ब रुपैयाँ निकासा गरी पूर्वाधार तयार पारेर रेलमार्ग निर्माण गरिनुपर्छ’, कार्कीले भने। उनका अनुसार नेपालमा रेलमार्ग तयार भइसक्दा पनि रेल कुदाउने सपना विदेशीको भरमा छोड्नु परेको छ।

रेल विभागले नेपालमा पूर्वपश्चिम रेल, काठमाडौं मेट्रो तथा मोनोरेल, क्रस बोर्डर रेल तथा ट्रान्स एसिएन रेलको सम्भावना देखाएको छ। यसमध्ये पूर्वपश्चिम रेलको आंशिक रूपमा काम भइरहेको छ। क्रस बोर्डरको काम भारतीय पक्षबाट नेपाली सिमासम्म जोड्ने काम पनि आंशिक रूपमै छ। नौ सय ४५ किमिको पूर्व-पश्चिम रेलमार्ग निर्माण गर्न २०६७ सालमै भारतीय कम्पनी राइट कन्सल्टेन्टले सम्भाव्यता अध्ययन गरेको थियो। यसबाट नेपालमा रेलमार्गको सम्भावना देखिएपछि निर्माणको काम अगाडि बढेको हो।

चार खण्डको डीपीआर निर्माण तयारी

पूर्वपश्चिम रेलमार्गको काकडभिट्टा-बर्दिवास २६२ किमिको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण भइरहेको छ। यस खण्डमा बर्दिवास-इनरुवा र इनरुवा-काँकडभिट्टा सम्मको डीपीआरको काम भइरहेको छ। पश्चिम खण्डको बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-सुक्खड, सुक्खड-गड्डाचौकीसम्मको चार खण्डमा डीपीआर प्रक्रिया अगाडि बढेको उपाध्यायले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.