मापसेमा पर्नेहरू कागजपत्र लिनै जाँदैनन्

मापसेमा पर्नेहरू कागजपत्र लिनै जाँदैनन्

काठमाडौं : मादक पदार्थ सेवन (मापसे) कारबाहीमा परेका चालकमध्ये अधिकांश सवारीचालक अनुमतिपत्र, ब्लू बुक लिन नजाँदा महानगरीय ट्राफिक प्रहरी महाशाखामा हजारौं कागजपत्र थन्किएका छन् ।

मापसे कारबाहीमा परेका चालकका लाइसेन्स, ब्लू बुकलगायत २० हजार ५ सय ३५ कागजपत्र महाशाखामा अझै थन्किएका हुन् । खासगरी निजी सवारीधनीले मापसे कारबाहीपछि सचेतना कक्षा लिनुपर्ने भएकाले त्यसलाई आफ्नो प्रतिष्ठासँग जोडेर हेर्नाले कागजपत्र लिन नआउने गरेको महाशाखाले जनाएको छ ।

महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) सर्वेन्द्र खनाल भन्छन्, ‘चालकलाई नियम मान्न गाह्रो, कारबाहीमा पर्दा लाज मानेर कागजपत्र बुझ्न नआउने समस्या छ । तीन महिनाभित्र पनि लिन नआए कारबाहीका लागि यातायात व्यवस्था विभागमा बुझाइदिन्छौं ।’

मापसे कारबाहीमा परेपछि सचेतना कक्षा लिन चालकलाई टाउको दुखाइको विषय बनेको बुझाइ खनालको छ । ‘एकपटक कारबाहीमा परेपछि प्रतिष्ठा हुने तर ६÷६ पल्ट कारबाहीमा पर्दा प्रतिष्ठा नहुने ? हामीले मापसे रोकेका हैनौं, सेवन गरेर सुरक्षाका लागि सवारी नहाँक्नोस् मात्र भनेका हौं’, उनले भने, ‘चालक कहिले सचेत हुने ? ’

२०६९ साल मंसिरमा सुरु कारबाही अभियानअन्तर्गत ट्राफिकले हालसम्म मापसे गरी सवारी हाँक्ने २ लाख ४० हजार ६ सय ६५ जना चालकलाई कारबाही गरेको छ । यीमध्ये १ लाख ४८ हजार ५ सय ५१ चालकको लाइसेन्समा ट्राफिकले प्वाल पारिसकेको छ । महाशाखाका अनुसार सरकारका सचिवदेखि सांसद, सुरक्षा निकायका वरिष्ठ कर्मचारीसमेत मापसे कारबाहीमा परेका छन् ।

लाइसेन्समा पाँचवटा प्वाल पार्ने कोठा सकेपछि पनि चालकले मापसे गर्न नछाडेको कारबाही अभिलेखले देखाएको छ । यसअनुसार तीन सय ५० चालक निलम्वनमा परेका छन् । उनीहरू छैटौंपटक मापसे कारबाहीमा परेका चालक हुन् । ट्राफिक प्रहरीले उनीहरूलाई ६ महिनाका लागि सवारी साधन चलाउन नदिन यातायात व्यवस्था विभागमा सिफारिस गरेको छ । मापसे गरी सवारी हाँक्नेमा पुरुष चालक मात्र होइन, महिला पनि छन् । महाशाखाका अनुसार हालसम्म १ हजार चार सय ९२ महिला चालक मापसे कारबाहीमा परेका छन् ।

मापसे कारबाहीपछि कागजपत्र लिन नजाने र अर्को अञ्चलबाट लाइसेन्स निकाल्ने गरेको प्रमाणसमेत ट्राफिकले फेला पारेको छ । ट्राफिक प्रहरीका अनुसार चारजना चालकले एकभन्दा बढी लाइसेन्स निकालेको पाइएको छ । अर्कोतर्फ सक्कली लाइसेन्स कारबाहीमा परेपछि चालकले नक्कलीसमेत लिँदै आएका छन् । महाशाखाले दुई वर्षमा १६ वटा नक्कली लाइसेन्स फेला पारेको छ । ती चालकले लिन नगएपछि उनीहरूका सक्कली लाइसेन्स अझै महाशाखाकै अभिलेखमा छन् ।

लाइसेन्समा कति पटक प्वाल ?

पहिलोपटक - १११९६९
दोस्रोपटक - २४५३७
तेस्रोपटक - ७९६०
चौथोपटक - २७५९
पाँचौंपटक- ९७८
छैटौंपटक (निलम्वित) -३४८


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.