राजपा सबै निर्वाचनमा जाने, चुनाव चिह्न साइकल

राजपा सबै निर्वाचनमा जाने,  चुनाव चिह्न साइकल

काठमाडौं : लामो अन्योल चिर्दै राष्ट्रिय जनता पार्टी नेपालले अब सबै निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । राजपा अध्यक्षमण्डलका नेताहरूले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी असोज २ गतेका लागि निर्धारित तेस्रो चरणको स्थानीय निर्वाचनदेखि प्रदेशसभा र केन्द्रीय संसद्सम्मको निर्वाचनमा सहभागी हुने जानकारी दिए । संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भएपछिको परिस्थितिबारे छलफल गर्न मंगलबारदेखि दुई दिन बसेको पदाधिकारी बैठकले निर्वाचनमा जाने निर्णय गरेको हो ।

पत्रकार सम्मेलनमा पदाधिकारी बैठक र त्यसपछि बसेको अध्यक्षमण्डल बैठकको निर्णय सुनाउँदै नेता राजेन्द्र महतोले स्थानीय तहदेखि केन्द्रसम्म जोडदार उपस्थिति दर्ज गराउन निर्वाचनमा जाने निर्णय गरेको जानकारी दिए । संशोधन विधेयक अस्वीकृत हुनुमा सरकार र प्रमुख प्रतिपक्षी एमाले दुवैको कमजोरी औंल्याउँदै नेता महतोले संशोधनका लागि शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए । संशोधन असफल भएको विरोधमा राजपाले यही भदौ ९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर विरोध जनाउने निर्णय गरेको छ ।

 

राजपाले उम्मेदवारी मनोनयनदेखि निर्वाचनका लागि पर्यवेक्षक खटाउने जिम्मेवारी तोकेको छ । भदौ ९ देखि १३ गतेसम्म स्थानीय तहमा उम्मेदवार छनोट गर्ने अनि घोषणापत्र मस्यौदा समितिसमेत चाँडै बनाउने उक्त पार्टीले जनाएको छ । राजपाले उम्मेदवारी मनोयनका लागि केन्द्रबाटै प्रदेश नम्बर २ का आठ जिल्लामा पर्यवेक्षक खटाएको छ । सप्तरीमा नरसिंह चौधरी, सिरहामा गजाधर यादव, धनुषामा अरुण सिंह, महोत्तरीमा गोविन्द चौधरी, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालामती राना थारू र पर्सामा विजय गुप्ता पर्यवेक्षक तोकिएका हुन् ।


- स्थानीय तहदेखि केन्द्रसम्म जोडदार उपस्थिति दर्ज गराउन निर्वाचनमा जाने निर्णय
- संविधान संशोधन असफल हुनुमा सरकार र एमाले दोषी

राजपा संयोजक महन्थ ठाकुरले दुई चरणको स्थानीय निर्वाचनमा सहभागी नभएकै कारण सरकारले मधेस आन्दोलनका क्रममा मारिएका सबैलाई सहिद घोषणा गरेको, मुद्दा फिर्ता लिएको र स्थानीय तहको संख्या बढाएको दाबी गरे । ‘यी सबै हाम्रै आन्दोलनको उपलब्धि हुन्', संयोजक ठाकुरले भने । उनले साइकल चिह्न लिएर निर्वाचनमा जान लागेको जानकारी दिए । ‘मैले आजै निर्वाचन आयोगसँग यसबारे छलफल गरेको छु, साइकल चिह्न लिने अनौपचारिक जानकारी आयोगलाई गराएका छौं', उनले भने । साइकल चिह्न शरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीले प्रयोग गरेको थियो । अध्यक्षमण्डलका सदस्य अनिल झाले भने निर्वाचनमा जाने निर्णयप्रति असहमति जनाएको स्रोतले जनाएको छ । उनी पत्रकार सम्मेलनमा सहभागीसमेत भएनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.