चट्याङ लागेर एकको मृत्यु
बनेपा : काभ्रेपलाञ्चोकको चौरीदेउराली–४ धुसेनि शिवालयमा चट्याङ लागेर एक जनाको बिहीबार घटनास्थलमा नै मृत्यु भएको छ । घरमा बसिरहेको अवस्थामा १५ वर्षीय रविन विकलाई चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए।
चट्याङका कारण जिल्लाको महाभारत गाउँपालिका लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुँदै आएको छ । आर्थिक वर्ष २०७३÷७४ मा चट्याङबाट दुईजनाको मृत्यु भएको थियो । रासस