जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कपिलवस्तु :  कपिलवस्तुको कृष्णनगर–८ बहादुरगञ्जमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । लु १ ज ५६० नम्बरको जिपले बिहीबार साँझ लु २८ व १०२४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी जिल्ला पिपरा नगरपालिका –७ का ५५ वर्षीय उदयकान्त झाको ज्यान गएको हो ।

कृष्णनगरबाट चन्द्रौटा आउँदै गरेको जिपले कृष्णनगर–८, बहादुरगञ्ज चोकमा मोटरसाइकललाई ठक्कर दिएको थियो । जिपको अगाडिको पाङ्ग्रा फुस्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जले जनाएको छ । जिपको पाङ्ग्रा फुस्किँदा अर्को एक मोटरसाइकल नं लु ७ प ८३५ लाई पनि सामान्य ठक्कर दिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.