बैंकको रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

बैंकको रकम हिनामिना गर्ने कर्मचारी पक्राउ

 महेन्द्रनगर : राष्ट्रिय वाणिज्य बैंकमा रहेको रकम हिनामिना गरेको आरोपमा बैंकका एकजना कर्मचारी पक्राउ परेका छन् । पक्राउ परेका उनीमाथि मुद्दा दायर गरेर कारबाही थालिएको छ । रकम हिनामिना गरेको खुलेपछि बैंकको उजुरीपछि प्रहरीले बैंकका सहायक प्रबन्धक तोयाराज बडूलाई पक्राउ गरेको हो । राष्ट्रिय वाणिज्य बैंक दार्चुलामा कार्यरत रहेका बेला हिनामिना गरेको रकम मिलाउने क्रममा हाल कार्यरत रहेको शाखा कार्यालय पुनर्वासमा एकैदिन ठूलो रकम झिकिएको पाइएपछि हिनामिनाको रहस्य बाहिर आएको हो ।

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय पुनर्वासबाट तीन करोड ७२ लाख ७० हजार पाँच सय रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले दार्चुलाको हुती–६ का वाणिज्य बैंकको शाखा कार्यालय पुनर्वासमा कार्यरत सहायक प्रबन्धक बडूलाई पक्राउ गरी मुद्दा चलाएको हो । ‘उनले दार्चुलामा कार्यरत रहेका बेला रकम हिनामिना गरेका रहेछन्', अनुसन्धान अधिकृत सई वासुदेव अवस्थीले भने, ‘त्यहाँ हुँदा चलाएको रकम उनले आफ्नै आईडीबाट बैतडी शाखाबाट मिलान गरे, त्यहाँको रकम महेन्द्रनगर शाखाबाट मिलान गरेका थिए ।' महेन्द्रनगर शाखाको रकम आफू कार्यरत रहेको पनुर्वास शाखाबाट मिलान गरेपछि रकम हिनामिना गरेको रहस्य खुलेको हो ।

महेन्द्रनगर शाखाको रकम मिलाउने क्रममा पुनर्वास शाखाबाट एकैपटक तीन करोड रुपैयाँभन्दा बढी रकम झिकेको देखिएपछि राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रीय कार्यालय धनगढी शाखाले अनुसन्धान थालेको थियो । अनुसन्धान गर्ने क्रममा निज कर्मचारीले आफ्नो आईडीबाटै रकम झिकेको पाईएपछि हिनामिना भएको तथ्य बाहिर आएको हो ।

शाखा कार्यालय पुनर्वासले उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरी हिरासतमा रहेका उनले आफूले साथीलाई रकम झिकेर चलाउन दिएको बयान दिएका छन् । पक्राउ परेका बैंकका सहायक प्रबन्धक बडूलाई सात दिन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुसन्धानका लागि उच्च अदालत नेपालगन्जमा मंगलबार म्यादसमेत थप गरेको हो । बडूमाथि बैंकिङ कसुर ऐन २०६४ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । बैंकिङ कसुरसम्बन्धी सुदूर र मध्यपश्चिमको मुद्दा उच्च अदालत नेपालगन्जले हेर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.