रोनाल्डोले जिते बर्ष खेलाडीको उपाधी
समकालीन फुटवलरमा क्रिश्चियानो रोनाल्डो र लियोनल मेसीबीच को उत्कृष्ट खेलाडी भन्ने बिषयको सहज उत्तर कसैसग छैन। रोनाल्डो र मेसीका नाममा विश्व फुटवल जगत् नै विभाजित छ भन्दा अतिशयोक्ति नहोला।
तर पछिल्लो पटक लगातार दोस्रो पटक युरोपियन वर्ष खेलाडीको अवार्ड जित्दै पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोले आफू उत्कृष्ट भएको प्रमाणित गरिदिएका छन्। उनले आफ्ना चीर प्रतिस्पर्धी मेसीलाइ उछिन्दै उपाधी हात पारेका हुन्।
फ्रान्सको मोनाकोमा बिहीबार राति भएको विशेष समारोहमा रोनाल्डोले युरापियन बर्ष खेलाडीको उपाधी उचाले। बर्ष खेलाडीको उपाधीका लागि रोनाल्डोसँगै मेसी र इटालियन गोलरक्षक जियानलुईगी बुफोन पनि प्रतिस्पर्धामा थिए।
सन् २०१३/१४ मा पहिलो पटक यो अवार्ड जितेका थिए रोनाल्डोले समग्रमा तेस्रो युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका हुन्।उनले वर्षको उत्कृष्ट फरवार्डको उपाधि पनि जिते । बुफोनले उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गर्दा, रियाल मड्रिडकै लुका मोड्रिचले उत्कृष्ट मिडफिल्डर तथा सोही टोलीका कप्तान सर्जियो रामोसले उत्कृष्ट डिफेन्डरको अवार्ड हात पारे।
नेदरल्याण्ड्सकी खेलाडी लेइक मार्टेन्स महिला तर्फ युरोपियन वर्ष खेलाडी बन्न सफल भईन्।