अध्यागमन विभागमा गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ
काठमाडौं : गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले अध्यागमन विभागका कर्मचारीलाई समस्या देखाउने भन्दा पनि समाधान गर्ने गरी काम गर्न निर्देशन दिएका छन्। अध्यागमन विभागमा रहेका नीतिगत समस्या समाधान गर्न सरकार तयार रहेको बताउदै उनले भएका नीतिलाई प्रभावकारी रुपमा कार्यान्वय गरेर अगाडि बढ्न निर्देशन दिएका हुन्।
अध्यागमन विभागको अनुगमन गर्दै मन्त्री श्रेष्ठले विभागमा रहेका त्रुटी सच्याउन सरकार तयार रहेको प्रष्ट पार्दै समाधान गर्न सरकार गम्भीर रहेको बताए।
अध्यागमन विभागको दायरा फराकिलो भएकाले विभागले परम्परागत ढंगबाट भन्दा पनि विज्ञान र प्रविधिको प्रयोग गरेर सहज रुपमा सेवा सुविधा उपलब्ध गराउन उनले निर्देशन दिए।