पौडीमा कीर्तिमान तोड्दै गौरीका
काठमाडौं : २० औं राष्ट्रिय पौडी प्रतियोगितामा आर्मीकी गौरिका सिंहले दुई वटा नयाँ कीर्तिमान बनाएकी छिन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा उनले ५० मिटर बटरफ्लाईको प्रारम्भिक चरण २९.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन्।
सोफिया शाहले सातौं राष्ट्रिय खेलकुदमा बनाएको ३२.०६ सेकेन्डको कीर्तिमान उनले तोडेकी हुन् । गत वर्ष ब्राजिलमा भएको रियो ओलम्पिकमा सबभन्दा कान्छी खेलाडी बनेर उनी चर्चामा थिइन् ।