हिंसामा परी पाँच प्रहरीसहित १२ को मृत्यु
याङ्गुन: म्यानमारको अशान्त राज्य राखिनमा जारी हिंसामा परी शुक्रबार कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ। यस आक्रमणमा परी पाँच प्रहरी अधिकारीसहित १२ व्यक्ति मृत्यु भएको हो।
सीमा क्षेत्रमा अवस्थित प्रहरी चौकीहरुलाई लक्ष्य गरी राखिन राज्यमा रोहिङ्गया आतङ्ककारी समूहले भीषण आक्रमण गरेका राज्य सल्लाहार आङ सान सुकीको कार्यालयले जानकारी दिएको छ। म्यानमारको यस तटीय राज्यमा महिनौदेखि धार्मिक हिंसा जारी रहेको छ।
शुक्रबार २० भन्दा बढी प्रहरी चौकीमा करिब १५० आतङ्ककारीहरुले बिहानै सबेरै हमला गरेका राज्य सल्लाकार कार्यालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ। सो विज्ञप्तिका अनुसार सो राज्यमा रहेको प्रायः प्रहरीचौकीमा आक्रमण भएको थियो।
‘आतङ्ककारीहरु प्रहरी गरेको आक्रमण यो अवस्था निकै नै जटिल थियो' त्यसमाथि पनि केही आतङ्ककारीहरु सशस्त्र र बन्दुकधारी रहेका थिए' नाम नबताउने शर्तमा एक प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएका छन। रासस ÷एएफपी