साफ च्याम्पियनसिप फाइनलमा नेपाल र भारतको भिडन्त

साफ च्याम्पियनसिप फाइनलमा नेपाल र भारतको भिडन्त

काठमाडौ : यू-१५ साफ च्याम्पियनसिपको उपाधिका लागि नेपालले आइतबार चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा बंगलादेशलाई ४-२ गोल अन्तरले पराजित गर्दै नेपालले भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो।

खेलमा नेपालका लागि आकाश बुढा मगरले खेलको छैठौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उनले डिबक्सभित्र पाएको अवसरलाई सदुपयोग गर्दै सुन्दर गोल गरेका थिए। खेलको ३० औं मिनेटमा आकाशले दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफमा २-० गोलअन्तरले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप गोल गर्नुका साथै दुई गोल खान पुगेको थियो।

दोस्रो हाफको ६५औं मिनेटमा बंगलादेशका खेलाडीले आत्मघाती गोल गरेपछि नेपालले ३-० को अग्रता बनाएको थियो। तर दुई मिनेटभित्र लगातार दुई गोल गरेपछि बंगलादेश खेलमा फर्किएको थियो। बंगलादेशका फोयसलले ७२ औं र ७४औं मिनेटमा गोल गरे। खेलको इन्जुरी समयमा ब्रिजेश चौधरीले गोल गरेपछि नेपालले ४-२ को जित निकाल्न सफल भयो।

शुक्रबार नै भएको अर्को खेलमा भारतले भुटानलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा भएको खेलमा भारतलाई जित दिलाउन रिड्ज मेल्भिन, हरप्रित र विक्रमप्रताप सिंहले एक एक गोल गरे।

आइतबार फाइनल खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ भने तेस्रो स्थानको खेल बंगलादेश र भुटानवीच हलचोकस्थित सशस्त्र प्रहरी बल एपीएफको मैदानमा हुनेछ।

साफ च्याम्पीयनसीप फुटबल : नेपाल ४, बंगलादेश २ (लाइभ)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.