३८ हजार प्रहरी, न्यायाधिश र वकिल भर्ना
आङकारा: टर्की सरकारले झन्डै ३८ हजार नयाँ प्रहरी, न्यायाधिश र वकिलहरु भर्ना गर्न लागिएको जनाएको छ।
आपतकालिनरुपमा उनीहरुलाई भर्ना गर्न लागिएको सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन्। टर्की प्रहरीले केन्द्र र प्रदेशमा गरी झन्डै ३२ हजार प्रहरीको दरबन्दी सृजना गरेको प्रहरी अधिकारीहरुले बताएका छन्।
त्यस बाहेक बाँकी चार हजार पद न्यायाधिश र वकिलको लागि सृजना गरिएकोमा दुई हजार न्यायाधिशलाई कानुन मन्त्रालय अन्तर्गतको क्षेत्रीय कार्यालयमा नियुक्त गरिने छ।
गत वर्षको जुलाई १५ का दिन भएको असफल सैन्य कू पश्चात टर्की सरकारले झन्डै एक लाख ५० हजार जना सरकारी अधिकारीलाई निष्कासन गरेको थियो । ती मध्ये ५० हजार प्रहरी र सरकारी कर्मचारी रहेका थिए। रासस/सिन्ह्वा