पत्रकार महासंघले कल्याणकारी कोषको रकम तीन वर्षमा पाँच करोड पुर्‍याउने

पत्रकार महासंघले कल्याणकारी कोषको रकम तीन वर्षमा पाँच करोड पुर्‍याउने

काठमाडौं : नेपाल पत्रकार महासंघले कल्याणकारी कोषलाई आगामी तीन वर्षमा पाँच करोडको बनाउने निर्णय गरेको छ । महासंघको २५ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहणपछिको पहिलो बैठकले कल्याणकारी कोष पाँच करोड बनाउनेसहितका विभिन्न निर्णय गरेको छ। महासंघका नव निर्वाचित अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको पहिलो बैठकका निर्णय :

 

१. विगतमा कर्तव्यपालनका सिलसिलामा मारिएका सम्पूर्ण पत्रकारहरूप्रति उच्च सम्मान र हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै पत्रकारको हत्यामा संलग्नमाथि कारबाही गरी दण्डहीनताको अन्त्य गर्न माग गर्दछ ।
२. महासंघको २५औं महाधिवेशन सफल पार्न भूमिका खेल्नुहुने सबै महानुभावहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै महाधिवेशनमा सहभागी भई नीति, कार्यक्रम र विभिन्न प्रस्तावका साथै नयाँ नेतृत्व निर्वाचित गर्ने प्रक्रियामा समेत सामेल हुनु भएका सबै सभासद्हरू, अघिल्लो कार्यसमिति र निर्वाचन समितिप्रति आभार प्रकट गर्दछ ।
३. महासंघको यो नवनिर्वाचित कार्यसमिति श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि पहलकदमी लिने संकल्प गर्दछ । श्रमजीवी पत्रकारहरूलाई तत्काल नियुक्तिपत्र, न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुका साथै श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गर्दछ ।  
४. लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हितको पक्षमा विगतदेखि महासंघको अग्रसरलाई थप निरन्तरता दिने संकल्प गर्दछ ।
५. संविधान कार्यान्वयनका लागि देशका सबै राजनीतिक दलहरूलाई एकतावद्ध भएर अघि बढ्न आहृवान गर्दछ ।
६. यो कार्यसमिति पत्रकार महासंघको कल्याणकारी कोषलाई आगामी ३ वर्षमा ५ करोड पु¥याउने संकल्प व्यक्त गर्दछ ।
७. राज्यद्वारा जनतामा जनहितका लागि प्रवाह गर्ने सूचना, सन्देशहरू प्रसारण गरेबापत उपलब्ध हुँदै आएको ‘लोककल्याणकारी विज्ञापन’ सबै प्रकारका सञ्चारमाध्यममा उपलब्ध गराउनुका साथै समानुपातिक विज्ञापन नीति लागू नभएसम्मका लागि लोककल्याणकारी विज्ञापन रकम वृद्धि गरी मिडियाको बहुलता र विविधतालाई सम्मान गर्नेतर्फ यो बैठक सरोकारवालाको ध्यानाकर्षण गर्दछ ।
८. महासंघको आगामी केन्द्रीय समितिको बैठकबाट विस्तृत कार्ययोजना तयार पारी अगाडि बढ्ने बैठकले निर्णय गर्दछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.