'एमालेलाई कसैले पनि घेराबन्दी गर्न सक्दैन'

'एमालेलाई कसैले पनि घेराबन्दी गर्न सक्दैन'

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा शुक्रबार दल दर्ता गराएको छ।

दल दर्ताका लागि चाहिने आवश्यक कागजातसहित पार्टीका उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा गएको टोलीले आयोगमा पुगेर दल दर्ता गराएको हो। राजनीतिक दलले हरेक निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ।

 

निर्वाचन आयोगले दल दर्ताका लागि यही भदौ ११ गतेसम्मको समयसीमा दिएको छ। हालसम्म आयोगमा ४४ राजनीतिक दलले दल दर्ता गराइसकेको आयोगले जनाएको छ। सो क्रममा उपाध्यक्ष गौतमको टोलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तसँग प्रदेश नं २ मा आउँदो असोज २ गते हुने स्थानीय तह र आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विषयमा पनि छलफल गर्यो।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता गौतमले भने, 'निर्वाचनका लागि आवश्यक विधेयक पारित गर्न पूर्णरुपमा सहयोग गर्न तयार छौं।' सरकारलाई छिटोभन्दा निर्वाचनसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्न सुझाव दिँदै उनले भने, “नेकपा(एमाले)आगामी असोज २ र मंसिरमा हुने दुवै निर्वाचनका लागि तयारी रुपमा छ, पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुने निर्णय भइसकेको छ ।”

सञ्चारकर्मीको प्रश्नको जवाफमा उनले एमालेलाई कसैले पनि घेराबन्दी गर्न नसक्ने र त्यसो गर्नेहरु जनताबाट तिरस्कृत भएकाहरु मात्र हुने बताए। टोलीमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, सचिव प्रदीपकुमार ज्ञवली, पार्टी निर्वाचन फाँटका प्रमुख राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री अग्निप्रसाद खरेललगायत सहभागी थिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.