धर्मगुरु राम रहिम बलात्‍कार मुद्दामा दोषी ठहर, हिंसा भड्किदा ११को मृत्‍यु

धर्मगुरु राम रहिम बलात्‍कार मुद्दामा दोषी ठहर, हिंसा भड्किदा ११को मृत्‍यु

एजेन्सी: भारतका चर्चित धर्मगुरु राम रहीम बलात्‍कार मुद्दामा दोषी ठहर भएपछि हरियाणा र पञ्‍जाबमा हिंसाका कारण ११ जनाको मृत्यु भएको छ। दुवै राज्‍यका अधिकांश ठाउँमा रहीमका समर्थक र प्रहरीबीच झडपमा परी उनीहरुको मृत्यु भएको भारतीय सञ्‍चार माध्‍यमले जनाएको छ।

 

झडपमा परी मृत्‍यु हुनेमा अधिकांश पंचकुला छन भने अन्‍य स्थानमा समर्थकहरु घाइते भएका छन्। घटनाले थप उग्ररुप लिन नपाउन भनेर हरियाणाका पंचकुला र पञ्‍जाबको फिरोजपुर, बठिण्डा र मानसामा प्रशासनले कर्फ्यू लगाएको छ।त्‍यसैगरी फतेहाबाद, जयतो तथा फरीदकोटका सडकमा सुरक्षा सतर्कता कडा पारिएको छ।

यता, सं‌गरुमा प्रहरीले चार सर्वसाधारणलाई पेट्रोलबमका साथ पक्राउ गरेको छ। पंचकुलामा भने केही सरकारी भवनमा समेत आगो लगाइएको छ।

घटनालाई हरियाणाका मूख्‍यमन्त्रीका प्रेस सल्लाहकार अमित आर्यले विज्ञप्ति जारी गर्दै कर्फ्यू लगाएको जानकारी दिएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, ' सुरक्षाका लागि पंचकुलामा कर्फ्यू लगाइएको छ। थप कारबाहीका लागि हरियाणा कैबिनेटको बैठकले गर्नेछ।'

हिंसाकार कारण हरियाणा र पंजाबमा रेल सेवा प्रभावित भएको छ भने उत्तर रेलवे स्टेशनमा आउने सबै रेललाई रद्द गरिएको बीबीसीले उल्लेख गरेको छ।

यस्तै हिंसाको घटनालाई लिएर २६ अगस्टमा पञ्‍जाबमा जिल्लाका अधिकांश स्कूल र कलेज बन्द रहने घोषणा गरेको छ।

को हुन् धर्मगुरु रहिम ?
अनौठो व्यक्तित्वका पारखी गुरमीत राम रहिम सिंह डेरा सचा सौदाका प्रमुख हुन्। उनले संगठन मानवीय सेवा तथा परोपकारमा संलग्न सामाजिक कल्याण तथा धार्मिक संगठन वेबसाइटमार्फत चलाएका छन्।

रंगीचंगी पोशाक लगाउन मन पराउने उनी झट हेर्दा कुनै चर्चित रक गायकको जस्तो देखिन्छन्। साथै उनले समर्थकको मन जित्‍न आधा दर्जन म्युजिक भिडियो समेत बनाएका छन्। नियमित रुपमा सांगीतिक समारोहमा दशौं हजार समर्थक भेला भएका बेला उनले 'रक कन्सर्ट'हरुमा सहभागी हुने गर्छन्।

विश्वभर पाँच करोड समर्थक रहेको दाबी उनको संगठनले गरेको छ । यति हुँदाहुँदै पनि उनले बालिका शिशु भ्रुणहत्या विरुद्ध अनि यौनकार्यमा संलग्न महिलाको सुधारका लागि अभियान चलाएको उल्लेख गरेको छ।

त्यतिमात्रै नभएर उनको समूहले स्कूल तथा अस्पतालहरु सञ्चालन गरेको बताएको छ।पछिल्ला केही महिनामा डेरा प्रमुख विवादमा परेका थिए जब उनीमाथि आफ्ना चार सय समर्थकलाई ईश्वरसँग अझ निकट हुनका निम्ति नपुंसक बन्‍न बाध्य पारेको आरोप लागेको थियो। उनीमाथि धेरै महिलालाई बलात्कार गरी हत्‍या गरेको आरोप छ। बीबीसीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.