माओवादीलाई ब्यालेटको लडाईं हार्ने छुट छैन : प्रचण्ड

माओवादीलाई ब्यालेटको लडाईं हार्ने छुट छैन : प्रचण्ड

सुर्खेत : पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई ब्यालेटको लडाईं हार्ने छुट नभएको बताएका छन्।

माओवादी केन्द्रका प्रदेश ६ का अगुवा कार्यकर्तालाई सुर्खेतमा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भने, ‘वर्गसङ्घर्ष अहिले ब्यालेटमा छ, त्यसको मुख्य केन्द्रबिन्दु ६ नम्बर प्रदेश नै हो। यो प्रदेश र हाम्रा जनप्रतिनिधिले जितेका गाउँपालिका र नगरपालिकालाई नमूना बनाउनुहोस्। संगठन बाहेक क्रान्तिकारी पार्टीको अर्को कुनै हतियार छैन। संगठन नै हाम्रो मुख्य शक्ति हो, यसले बुर्जुवा वर्गलाई परास्त गर्न सकिन्छ, संगठनको बलले नै ब्यालेटको लडाईं जितिन्छ, यो लडाई हार्ने छुट माओवादीलाई छैन।’

 

प्रचण्डले मधेस माओवादीमय बन्दै गएको दाबी गर्दै मधेसको पक्षमा लड्ने शक्ति माओवादी नै भएको बताए। ‘विकास र समृद्धिमा माओवादी नै अब्बल छ। १० महिनामा मैले सम्पूर्ण शक्ति देशका लागि खर्च गरें। त्यो बेला देशले ठूलै परिणाम पायो, लोडसेडिङ हट्यो, आर्थिक विकास ह्वात्तै बढ्यो, संविधान कार्यान्वयन भयो, स्थानीय तह बन्यो, छिमेकीसँग सन्तुलित सम्बन्ध बन्यो, स्थानीय चुनाव भयो, यो सबै सामान्य मेहेनतले भएको कुरा होइन,’ प्रचण्डले भने।

अध्यक्ष प्रचण्डले सामाजिक काम र जनताका अपेक्षामा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘माओवादी नेता, कार्यकर्तामा सामाजिक चरित्र हुन सकेन, बिहेमा जन्त जाँदैनन्, मर्दा मलामी जाँदैनन्, अप्ठ्यारो पर्दा भेट्दैनन्, जनताका गुनासा सुन्दैनन् भन्ने गुनासो छ। यसलाई हामीले सच्चाउनै पर्छ। सामाजिक छवि र चरित्र बनाउनु पर्छ।’

राजनीतिक मुद्धा माओवादीसँगै भएको प्रचण्डले बताए। उनले भने, ‘देशका अहिलेका सबै एजेण्डा माओवादीकै हुन्। कांग्रेस एमालेलाई यो सबै मन परेको छैन। महिला, दलित, जनजाति नेता भएको कांग्रेस एमालेलाई मन परेको छैन। उनीहरु महिला, दलित, जनजाति, मधेसी, मुस्लिमलाई मान्छे नै ठान्दैनन्। हामीले एकात्मक सत्ता ढलायौं, कांग्रेस एमालेले दोस्रो दर्जाका नागरिक ठानेका जनतालाई नेता बनायौं, मन्त्री र सांसद बनायौं, यो उनीहरुलाई मन पर्ने कुरै होइन, त्यसैले उनीहरु पहिचान र अधिकारको विरोधमा छन्।’

प्रशिक्षणमा अध्यक्ष प्रचण्डले माओवादीहरुको एकतामा जोड लिए । उनले भने, ‘सबै माओवादी एक हुनुको विकल्प छैन । वैद्यजी पनि कुनै लाज नमानी माओवादी केन्द्रमै आउनुपर्छ, विप्लवजी पनि अन्त जाने ठाउँ छैन । बाबुरामजी पनि भौतारिनु पर्दैन, दक्षिणपन्थीसँग एकताको गुहार गर्नुभन्दा माओवादीमै आउनु राम्रो हुन्छ, सबै आउनैपर्छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.