राणाले हस्ताक्षर बुझाएका नौ केन्द्रीय सदस्य राप्रपामै, राप्रपा प्रजातान्त्रिकलाई संसद्मा मान्यता

राणाले हस्ताक्षर बुझाएका नौ केन्द्रीय सदस्य राप्रपामै, राप्रपा प्रजातान्त्रिकलाई संसद्मा मान्यता

काठमाडौं : पशुपतिशम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर बुझाएका दुई सांसदसहित नौ केन्द्रीय सदस्यले आफूहरू कमल थापा नेतृत्वको राप्रपामै रहेको बताएका छन् ।

राप्रपाले शुक्रबार नौ जनालाई उपस्थित गराएर पत्रकार सम्मेलनमार्फत उक्त कुराको जानकारी दिएको हो । संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सांसद राजेश्वरीदेवी साह र लीलादेवी श्रेष्ठ, केन्द्रीय सदस्य प्रह्लादप्रसाद साह, बिन्दा गिरी, सविना साह, रेणु साह, निरञ्जन थापा, दिलविकास राजभण्डारी र डा.भीमसेन गुरुङले आफूहरू विभाजनको पक्षमा नरहेको बताए ।

 

पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले ४० प्रतिशत नपुग्दानपुग्दै एकलौटी र हचुवाको भरमा निर्वाचन आयोगले दल दर्ता गरेको आरोप लगाए । ‘राप्रपा प्रजातान्त्रिकको दल दर्ता गर्दा संविधान र सर्वोच्चको आदेश पालना नभएकाले त्यसविरुद्ध आइतबार सर्वोच्च जान्छौं', उनले भने ।

राप्रपा प्रजातान्त्रिकलाई संसदमा मान्यता


पशुपतिशम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले व्यवस्थापिका संसद्मा आधिकारिक मान्यता प्राप्त गरेको छ । यससँगै राणा समूहको पार्टी संसदीय दल बनेको छ । प्रवक्ता किरण गिरीका अनुसार संसदीय दल बनेसँगै राप्रपा प्रजातान्त्रिकका सांसद अब संसद्मा सत्तापक्ष बेन्चमा बस्नेछन् । यसअघि पार्टी केन्द्रीय समिति बैठकले सरकारलाई समर्थन र सहयोग निरन्तर गर्ने निर्णय गरिसकेकाले राप्रपा प्रजातान्त्रिक सत्तापक्ष भएको गिरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.