एस्पायर इन्टर कलेज म्यानेजमेन्ट इभेन्ट सुरु
काठमाडौं : कमलपोखरीस्थित इस्लिङटन कलेजले एस्पायर इन्टर कलेज मेनेजमेन्ट इभेन्ट–२०१७ आयोजना गरेको छ । शुक्रबारदेखि आइतबारसम्म आयोजना हुन लागेको इभेन्ट नेपालको पहिलो बेलायत मेनेजमेन्ट कार्यक्रम हो ।
कार्यक्रमले स्नातक तहमा अध्ययनरत विद्यार्थीको आफ्नो व्यवहारिक जीवनयापनमा आइपर्ने समस्या र विभिन्न परिदृष्य सामना गर्न महत्वपुर्ण भुमिका रहने कलेजले जनाएको छ । व्यापार, व्यवसायमा बढ्दो प्रतिस्पर्धाका साथ विद्यार्थीहरुको निकट प्रतिस्पर्धामा आइपर्ने समस्या समाधान गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
विद्यार्थीको व्यवस्थापकिय क्षमतालाई मजबुत बनाउन मेलाको मुख्य उद्देश्य रहेको छ । मेलामा ६ वटा विभिन्न कार्यक्रम समावेश गरिएको छ । विद्यार्थीको रचनात्मक सिप, विष्लेषणात्मक क्षमता र प्रस्तुतीकरणको विषय मेलामा समावेश गरिएको छ । मेलामा व्यापार प्रश्नोत्तरी खेल, उद्यमी कार्यक्रम, बजार व्यवस्थापन, विज्ञापन संरचना र विस्तार, सार्वजनिक बोलपत्र तथा व्यापार प्रशासन जस्ता कार्यक्रम समावेश गरिएको कलेजले जनाएको छ ।
मेलाको समापन समारोहको दिन आइतबार ‘ब्रिटेन कलिङ’ नामको उत्सव आयोजना गर्ने भएको छ । मेलामा बेलायती संस्कृति तथा जीवनशैलीको विषयमा प्रदर्शनी कक्ष राखिएका छन । कमलपोखरीस्थित कलेजमा आयोजित मेलामा अन्य विविध कार्यक्रमको समेत आयोजना गरिएको छ ।