कीर्तिमानी कान्छी जलपरी

कीर्तिमानी कान्छी जलपरी

लन्डनमा बस्दै आएका न्युरो सर्जन पारस सिंह र २०५० सालको एसएलसी बोर्ड टपर गरिमा राणाकी छोरी हुन, १४ वर्षीया गौरिका सिंह । पछिल्लो समय लन्डनका चर्चित डाक्टर पारस र एसएलसी टपर गरिमालाई समेत छोरी गौरिकाले थप चर्चित बनाइदिएकी छन् ।

Gobinda-Regmi_1नेपाली खेलकुदको रोल मोडल गौरिका माथि अहिले विश्वको नजर परेको छ । एक वर्षअघि ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा सहभागी विश्वभरका एघार हजार खेलाडीमध्ये गौरिका कान्छी खेलाडी थिइन् । त्यतिबेला १३ वर्ष दुई सय ५५ दिनकै गौरिकाले रियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडीको रूपमा नेपालको नाम राखिन् । वाइल्ड कार्डमार्फत रियो ओलम्पिकमा सहभागी गौरिका र नेपालको समाचारलाई विश्वभरका मिडियाले प्राथमिकता दिएर प्रस्तुत गरे ।

भारतको गुवाहाटीमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पनि गौरिकाले कान्छी खेलाडीको रूपमा चर्चा पाएकी थिइन् । सागमा गौरिकाले उमेरको चर्चा त पाइन् नै एक रजत र तीन कांस्य जितेर नेपालको कीर्तिमान नै राखिन् । साग पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने गौरिका पहिलो नेपाली पौडी बाज हुन् । सागमा १२ वटा स्पर्धामा भाग लिएकी गौरिकाले सातवटा नयाँं कीर्तिमान बनाएकी थिइन् । लन्डनको ह्याब्स गल्र्स स्कुलमा कक्षा ९ मा पढ्दै गरेकी उनी मेहनतकी प्रतिमूर्ति नै हुन् । गौरिकाको पढाइमा पनि राम्रो छ ।

'स्कुलको पढाइ अघि र पछि दैनिक प्रशिक्षण हुन्छ । बाह्रैमहिना प्रशिक्षण गर्नुपर्ने भएकाले पढाइ र खेललाई सँगै लैजान धेरै गाह्रो छ । तर पनि समय मिलाइरहेको छु । हाम्रो परिवार लन्डनमा बस्दै आएको छ । अहिले नेपालमा राष्ट्रिय पौडी प्रतियोगिता खेल्न आएको हुँ' गौरिकाले बताइन् । उनल नेपाल बस्दा अन्नपूर्ण होटेलको स्विमिङ पुलमा तयारी गरिन् । २५ मिटर लम्बाइको उक्त पौडी पोखरी तयारीका लागि राम्रो छ । अघिल्लो साता भएको दुईदिने २०औं राष्ट्रिय पौडी प्रतियोगितामा पाँच विधामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । 'यसले अझै मेरो आत्मविश्वास बढेको छ । सबैको सहयोगले सफलता मिल्दै गएको छ', उनले दंग पर्दै भनिन् ।

गौरिका नेपाली पौडीमा कीर्तिमानकी पर्याय हुन् । १४ वर्षको उमेरमै उनको नाममा ३५ वटा कीर्तिमान बनिसकेको छ । यसअघि ३० पटक राष्ट्रिय कीर्तिमान बनाएकी उनले यस पटक पाँचवटा कीर्तिमान थपिन् ।

गौरिका नेपाली पौडीमा कीर्तिमानकी पर्याय हुन् । १४ वर्षको उमेरमै उनको नाममा ३५ वटा कीर्तिमान बनिसकेको छ । यसअघि ३० पटक राष्ट्रिय कीर्तिमान बनाएकी उनले यस पटक पाँचवटा कीर्तिमान थपिन् । उनले पहिलो दिन ५० मिटर बटरफ्लाईको हिट चरणमा २९.४० सेकेन्डको नयाँ कीर्तिमान बनाइन् । यसअघि उक्त कीर्तिमान सोफिया साहको नाममा ३२.०६ सेकेन्डको थियो । उनले दुई सय मिटर फ्रिस्टाइलमा पनि यसअघि सोफियाकै नाममा रहेको कीर्तिमान तोडिन् । उनले निर्धारित दूरी दुई मिनेट ११.१४ सेकेन्डमा पूरा गरिन् । यसअघि सोफियाको नाममा दुई मिनेट १३.२२ सेकेन्डको कीर्तिमान थियो ।

 

दोस्रो दिन गौरिकाले एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा एक मिनेट ००.७९ को कीर्तिमान बनाइन् । उनले यसअघि दुबईमा भएको आइरिस आपेनमा आफैंले बनाएको एक मिनेट ०१.७८ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । त्रिभुवन आर्मी क्लबबाट खेलेकी उनले एक सय मिटर बटरप्mलाईमा पनि कीर्तिमान बनाइन् । एक मिनेट ०७.६९ सेकेन्डमा दूरी पूरा गरेकी उनले भारतमा भएको १२औं सागमा आफंैले बनाएको एक मिनेट १०.९४ सेकेन्डको कीर्तिमान तोडेकी हुन् । उनले ५० मिटर फ्रिस्टाइलको हिट चरणमा २८.०९ सेकेन्डको कीर्तिमान बनाउने क्रममा यसअघि सोफिया गाडेगार्डले १२औं सागमा बनाएको २८.८५ सेकेन्डको कीर्तिमान भंग गरिन् । दुईदिने प्रतियोगितामा एक सय ४४ खेलाडीले २९ स्पर्धामा भाग लिएका थिए ।

पढाइ र खेल अभ्यासका कारण गौरिकाको सुत्ने समय ६ घण्टामात्र हुन्छ । लन्डनस्थित बार्नेट कोप्टहल स्विमिङ क्लबमा प्रशिक्षण गर्दै आएकी गौरिका क्लबमा आफ्नो उमेरसमूहमा नम्बर एक पौडीबाज पनि हुन् । दिनमा तीनपटक स्विमिङ पुलमा प्रशिक्षण गर्ने गरेकी गौरिका फुर्सदमा भने फुटबल हेर्न मन पराउँछिन् । उनलाई इङ्लिस प्रिमियर लिग फुटबल मनपर्छ । लिगमा उनको मनपर्ने टोली म्यानचेस्टर युनाइटेड हो ।

सामान्य नेपाली मानिसको भन्दा गौरिकाको शारीरिक बनावट पनि ठूलो छ । उनी अग्ली छन् । उनका हात र पैतला धेरै ठूला छन् । यो पौडीका लागि उक्त मानिन्छ, नेपालका पौडी प्रशिक्षक ओङ्देन लामा भन्छन् ।

गौरिकाको खानपिन पनि सामान्य मानिसको तुलनामा बढी रहेको उनका बाबु पारसले बताए । 'गौरिकाको खान्की हाम्रोभन्दा तीन गुना बढी छ । दाल, भात उनलाई धेरै मन पर्छ । सुरुमा जिम्न्यास्टिक खेल खेल्न सुरुगरेकी गौरिकाले स्कुलमा हक्की र नेटबल पनि खेलिन् । विस्तारै उनको रस पौडीमा बस्यो । उनी चार वर्षको हुँदा मैले नै पौडीपोखरीमा लगेको थिएँ,' पारस भन्छन् ।

पाटन अस्पतालमा जन्मिएकी गौरिका तीन वर्षको उमेरदेखि लन्डनमा बस्दै आएकी हुन् । २०७२ को विनाशकारी भूकम्प पछि गौरिकालाई शान्ति शिक्षा अभियान नेपालले सद्भावना दूतसमेत बनाएको थियो । उनले भूकम्पले क्षतिग्रस्त नेपालको सामुदायिक विद्यालयको पुनर्निर्माण अभियानमा सघाउन सद्भावना दूतको रूपमा समाजिक सेवा पनि गरिन् ।

सागमा स्वर्ण जित्ने लक्ष्य

गौरिका कम उमेरमा सबै स्तरको प्रतियोगितामा भाग लिन पाउने भाग्यमानी खेलाडी पनि हुन् । ११ वर्षको उमेरमा काठमाडौंमा भएको राष्ट्रिय पौडी प्रतियोगितामा पहिलो पटक लन्डनबाट आएर गौरिकाले ६ स्पर्धामा भाग लिएकी थिइन् । उनले सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् । यी फुच्चीको खेल्ने कलाबाट पौडी संघका केही पदाधिकारी अत्तालिए । उनलाई एनआरएन भएको बहानामा रोक्ने प्रयाससमेत भयो । अहिलेको राष्ट्रिय प्रतियोगितामा पनि गौरिकालाई खेल्न नदिन संघकै आधा पदाधिकारीले धेरै षड्यन्त्र गरेका थिए । तर उनलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलगायतको पहलमा खेल्न दिइयो ।

संघको लगानीबिनै परिवारको लगानीमा नेपाली पौडीलाई केही दिने अभियानमा रहेकी गौरिकाले साग, एसियाली खेलकुद, सन् २०१५ मा रूसको काजस्थानमा भएको १६औं फिना विश्व च्याम्पियनसिप र सन् २०१६ को रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । यही रफ्तारमा गए गौरिकाले साग र एसिएन गेम्समा स्वर्ण जित्ने सक्ने अनुमान नेपाली खेल विज्ञको छ । गौरिकाको लक्ष्य पनि साग र एसियन स्तरको प्रतियोगितामा स्वर्ण जित्ने नै छ ।

२०७३ सालको खेल प्रदर्शनका आधारमा गौरिका नेपाली खेलकुदको ठूलो अवार्ड पिपुल्स च्वाइस अवार्डको मनोनयनमा समेत परेकी छन् । एसएमएसबाट भोटिङबाट छानिने यस विधामा गौरिका सँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, एथलेटिक्सकी कान्छीमाया कोजू, जुडोकी फुपूल्हामु खत्री र फुटबलका सुजल श्रेष्ठलाई पनि मनोनयनमा परेका छन् । यस अवार्ड जित्नका लागि समर्थकको भोट र फेसबुक पेजमा लाइकको पनि उत्तिकै आवश्यकता छ । 'मलाई अवार्ड जिताउन सबै समर्थकलाई भोट दिन र फेसबुक पेजमा लाइक गर्न अनुरोध गर्दछु,' राष्ट्रिय प्रतियोगिता सकेर अवार्डका लागि भोट माग्न व्यस्त गौरिकाले भनिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.