योगप्रेमीलाई खड्काको पुस्तक

योगप्रेमीलाई खड्काको पुस्तक

काठमाडौं : पतञ्जली योग समिति भक्तपुरका महामन्त्री केदार खड्काको दोस्रो पुस्तक ‘स्वस्थ जीवन जिउने कला’को पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारीद्वय लवदेव मि श्र र अर्चना घिमिरेले विमोचन गरेका छन् । पतञ्जली योग समिति भक्तपुरको ११औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । योग गुरु खड्काले आफ्नो दोस्रो कृतिमा १३ वर्षभन्दा बढी अध्ययन तथा अभ्यासका आधारमा योगका विभिन्न पक्षलाई केलाएका छन् ।

पुस्तकले शारीरिक, मानसिक र आध्यात्मिक उत्थानमा सघाउ पुर्‍याउने आशा राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराईले गरेका छन् । योगमय समग्र जीवनशैली सिकाउने पुस्तकका रूपमा रहेको यस कृतिमा पतञ्जली योग शिक्षकहरूले प्रशिक्षण दिने ६० प्याकेजका सबै अभ्यासलाई व्याख्या र सचित्र वर्णन गरिएकाले यसबाट योग शिक्षक प्रशिक्षार्थी र सामान्य अभ्यासकर्तालाई पनि विशेष लाभ पुग्ने केन्द्रीय प्रभारी लवदेव मिश्रले बताए ।

आफ्नो पहिलो पुस्तकलाई धेरै योगप्रेमीले मन पराएका कारण विमोचन भएको १० दिनभित्रै बिक्री भइसकेको प्रसँग कोट्याउँदै लेखक खड्काले आफूले यसलाई पहिलेको भन्दा थप अध्ययन गरेर अझै स्तरीय बनाउने कोसिस गरेको बताए । जिल्ला सहकारी संघ लिमिटेड भक्तपुरको उपाध्यक्ष, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडका सञ्चालक, लोहकिल्थली सहकारी संस्था लिमिटेडका अध्यक्षलगायतका विभिन्न संघसंस्थामा आबद्ध लेखक खड्काको योग, ध्यान, सहकारी, सामाजिक एवं राजनीति क्षेत्रमा विशेष दक्खल रहेको छ ।

पतञ्जली योग समिति भक्तपुरको ११औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भक्तपुरलाई नेपालको पहिलो योग जिल्ला घोषणा गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने योग गुरुहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वमा केन्द्रीय सदस्यद्वय ललितशंकर योगी र ग्रौबेन तौजलेका साथमा पतञ्जली योग समिति भक्तपुरका संरक्षक बालमुकुन्द सुवाल रहेका छन् । कार्यक्रममा बाढीपीडितको सहयोगार्थ संकलित दुई लाख १२ हजार रुपैयाँ पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष कृष्णराम गणेशलाई हस्तान्तरण गरियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.