प्रधानमन्त्री देउवा हैदरावादमा

प्रधानमन्त्री देउवा हैदरावादमा

नयाँदिल्ली: भारतको पाँचदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा दिल्लीको उच्च राजनीतिक भेटघाट सकेर शुक्रबार बिहान विशेष विमानबाट हैदरावाद गएका छन्।

प्रधानमन्त्री देउवाले हैदरावादमा रहेको प्रख्यात इन्फोसिस कम्पनी अवलोकन गरी सूचना प्रविधिको विकासमा नयाँ आविष्कार तथा भारतले गरेको प्रगतिबारे जानकारी लिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

त्यसलगत्तै हैदरावाद र तेलंगानाका संयुक्त गभर्नरको इएसएल नरसिंहसँगको भेटघाटपछि बिहीबार साँझ प्रधानमन्त्रीको सम्मानमा गभर्नर नरसिंहले आयोजना गरेको रात्रिभोजमा सहभागी भए।

प्रेस संयोजक परियारका अनुसार शनिबार बिहान तेलंगानामा तिरुपति मन्दिर दर्शन गर्ने र साँझ विहारको गया प्रस्थान गर्ने कार्यक्रम छ।

गयामा विहारका मुख्यमन्त्री नीतिश कुमारसँगको भेटघाट र आइतबार दिल्ली हुँदै काठमाडांै फर्किने कार्यक्रम छ।प्रधानमन्त्री देउवासँग शुक्रबार बिहान राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताले भेटवार्ता गरेका थिए।

भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम येचुरी तथा बहुजन समाज पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गरे।

प्रधानमन्त्री देउवासँग भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले पनि भेट गरेका छन्। उनीहरूबीच नेपाल-भारतबीचको द्विपक्षीय हित, समसामयिक राजनीति, नेपाल-भारत सम्बन्धलगायत विषयमा छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.