धर्मगुरुका पक्षमा प्रदर्शन तीसको मृत्यु
पञ्चकुला (भारत) उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।
हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि सो प्रदर्शन सुरु भएको थियो ।
यस प्रदर्शनको क्रममा अन्य दुई सय घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । यद्यपी सरकारी स्रोतले एएफपी समाचार समितलाई दिएको जानकारी अनुसार जारी प्रदर्शनको क्रममा कम्ती ३२ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा गोली प्रहारबाट नै व्यक्तिहरु हताहत भएको छ ।
गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’का प्रमुख समेत रहेका सिंहका समर्थकद्वारा भएको प्रदर्शनका क्रममा जारी झडपमा परी देशका विभिन्न शहरमा उनीहरुको मृत्यु भएको हो ।
हरियाना राज्यको पञ्चकुला सहरमा सिंहका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरु, सार्वजनिक तथा निजी सवारी साधनहरु, भवनहरु लगायतमा तोडफोड गरेका छन ।
उनीहरुले कतिपय ठाँउमा आगजनी समेत गरेका सरकारी अधिकारीहरुले बताएका छन ।
हरियाना र छिमेकी राष्ट्र पञ्जावमा मोवाईल फोन सेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ ।
सिंहले आफ्ना दुई जना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनलाई दोषी भएको जनाएको थियो ।
सीबीआईका न्यायाधीश जगदीप सिंहका अनुसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै आगामी अगस्त २८ गते सजाय सुनाइनेछ । गुरमितलाई सातदेखि १० बर्षसम्मको आजीवन कैद हुनसक्ने छ ।
प्रदर्शनका क्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मी सहित झण्डै २०० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्यास, पानीका फोहरा, हवाई फाएर गरेको दर्शनकारीले जनाएका छन् । प्रदर्शनकारीले जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन् ।
पचास बर्षीय गुरमितको विश्वभरी ६ करोड समर्थक रहेको अनुमान गरिएको छ । रासस/एएफपी