प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भयो : प्रचण्ड

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल भयो : प्रचण्ड

धनगढी : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताएका हुन्। प्रेस सेन्टरले शनिबार गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन शुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक कुनै पनि विषयमा नपसेको कुरा तपाईंहरुले थाहा पाइसक्नु्भएको छ ।’

अन्ततः राजपा पनि चुनावमा भाग लिन सहमत हुँदा संविधान कार्यान्वयनका लागि खुशीको विषय भएको उल्लेख गर्दै उनले भने, ‘अब सबैको सहभागितामा संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएर देशलाई राजनीतिक स्थिरता र आर्थिक समृद्धिमा लैजानु पर्छ ।’

नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावमा तालमेल गर्छ कि गर्दैन भन्ने प्रश्नमा अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र त्यसमा पनि मधेश केन्द्रित दलसँग तालमेल हुने स्पष्ट पारे ।

नीतिगत रुपमा कांग्रेस र एमालेसँग पनि तालमेल गर्न सकिने उनको भनाइ छ।

एक अर्को प्रश्नमा अध्यक्ष दाहालले मङ्सिरमा चुनाव हुनेमा शंका नगर्न आग्रह गरे । शनिबार सुरु भएको नेकपा माओवादी केन्द्रको ७ नम्बर प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु आज यहाँ आई पुगेका छन् । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.