हवाई कारबाहीमा अस्पताल ध्वस्त,३४ सैनिकको मृत्यु

हवाई कारबाहीमा अस्पताल ध्वस्त,३४ सैनिकको मृत्यु

दमासकस : सिरियाको राक्का सहरमा शुक्रबार भएको अमेरिकाआवद्ध हवाई कारबाही एक अस्पतालको केही भाग ध्वस्त भएका छन् ।

अमेरिका आवद्ध यस हवाई कारबाहीको कारण राक्का अस्पतालको केही भागमा विधुतीय लाइनसमेत अवरुद्ध भएको छ।

त्यसैबीच पूर्वी राक्का सहरमा शुक्रबार सिरियाली सैनिकविरुद्ध इस्लामिक स्टेट्स (आइएस) लडाकूले शुक्रबार गरेको भीषण कारबाहीको क्रममा ३४ सरकारी सेनाको मृत्यु मानवअधिकारवादी संस्थाले जानकारी दिएको छ।

राक्का प्रान्तमा बिहीबार भएको भीषण झडपको क्रममा सरकारी बलले नियन्त्रणमा लिई सकेको क्षेत्र पुनःजिहादीले कब्जामा लिएका सिरियन अब्जरभेटरी फर ह्युमान राइट्सले जनाएको थियो ।

राक्का प्रान्तमा आइएस लडाकूलक्षित यस हवाई आक्रमणमा सिरियन डेमोक्र्याटीक फोसेस (एसडिएफ) र अमेरिका आवद्ध कुदिस र अरब लडाकूहरुको संयुक्त गठबन्धनले सहभागीता रहेको छ ।

गत जुनमा सो सहरमा प्रवेश गरेका एसडिएफले जिहादी विरुद्ध जारी राखेको केही महिनाको कारबाहीपछि राक्का सहरको ६० प्रतिशत कब्जामा लिइसकेका थिए ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारी विरोधी आन्दोलन सुरु भएको थियो ।

सोही आन्दोलन कारक हुँदै अहिलेसम्म जारी द्वन्द्वमा परी तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।

त्यसैगरी यस आन्दोलनमा लाखौ घाइते भएका छन् भने, लाखौँले देशभित्र र छिमेकी देशमा शरणार्थी जीवन विताउन बाध्य रहेका छन । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.