चट्याङ लागेर दुई जनाको मृत्यु
सोलुखुम्बु: दूधकौशीका गाउँपालिका-४ जुवुमा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ।
आज दिउँसो परेको चट्याङबाट जुवुका पर्शुराम तामाङको १४ वर्षीया छोरा सन्दिप र ईन्द्रबहादुर तामाङका १० वर्षीय छोरा विमलको ज्यान गएको स्थानीय भानुभक्त उपाध्यायले जानकारी दिए।
यस्तै, चट्याङ लागेर स्थानीय ३५ वर्षीय अर्जुन तामाङ घाइते भएको प्रहरी चौकी, जुवु सुकेपोखरीका इन्चार्ज सहायक प्रहरी निरीक्षक हरि खड्काले जानकारी दिए। रासस