हँसिया प्रहार गरी साथीको हत्या
बेनी : म्याग्दीको मंगला गाउँपालिका–२ सहश्रधारामा एक मजदुरको आफ्नै साथीको हँसिया प्रहारबाट हत्या भएको छ ।
सहश्रधारामा निर्माणधिन मालिका बोर्डिङ स्कुलमा मजदुरी गर्र्दै आएका ताप्लेजुङ घर भई हाल पर्वतको जलजला गाउँपालिका–३ वारीवेनीमा बस्दै आएका ४७ वर्षीय सुमन खड्कालाई उनीसंगै काम गर्ने साथीले हँसिया प्रहार गरी हत्या गरेका हुन् ।
शुक्रबार राति खड्कालाई उनीसँगै बस्ने चितवन सारदानगर–८ का ३० वर्षीय अशोक तामाङले हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
साथीको हत्या गरेका तामाङलाई इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै नियन्त्रणमा लिएर आवश्यक अनुसंधान प्रकृया अगाडि बढाएको प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । प्रहरीले साथीबाट हत्या गरिएका खड्काको शव परीक्षणका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।