ब्राउन सुगर सहित चार युवा पक्राउ

 ब्राउन सुगर सहित चार युवा पक्राउ

तुलसीपुर: दाङमा ब्राउन सुगर सहित चार जना युवालाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडानं ६ वरुगाउँवाट शनिवार ब्राउन सुगर सहित ४ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

 

लागु औषध सेवन गरिरहेका छन भन्ने गोप्य सुचनाका आधारमा गएको प्रहरी गस्ती टोलीले वडानं ६ वस्ने वर्ष २० को सन्तोष गुरुङ, दंगीशरण गाउपालिका वडानं ५ वस्ने वर्ष २९ को एकानन्द न्यौपाने, सुदिर गुरुङ, र सविन केसीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ।

प्रहरीका अनुसार सन्तोष गुरुङको साथवाट ०.५०ग्राम खैरो रङको व्राउन सुगर जस्तो देखिने धुलो र एकानन्द न्यौपानेको साथवाट नाईटाभेट नामक मनोदिप औषधी थान २ पत्ता ३० टयावलेट फेलापरेको ईलका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.