अपांगता क्षेत्रमा योगदान पुर्याउनेलाई बिआईए एक लाख पुरस्कार
काठमाडौं: बीआईए फाउन्डेशनले अपाङ्गता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई एक लाख र चादींको सिक्का सहित सम्मान गर्ने भएको छ।
अपाङ्गता क्षेत्रमा योगदान पुर्याउनेलाई प्रोत्साहन गर्ने उद्वेश्यले स्थापना भएको यो सम्मानका लागि यस बर्ष सुनगाभा (बौद्विक अपाङ्ग) महिला व्यावसाहिक तालिमकेन्द्रको संस्थापक अध्यक्ष सुवर्ण केशरी चित्रकारलाई छनौट गरिएको छ।
बि.आई.ए फाउन्डेशन अपाङ्गता भएका व्यक्तिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउने उद्वेश्यले स्थापना गरिएकोएक सामाजिक संस्था हो।
यहि भदै ११ गते बि.आई.ए. फाउन्डेशनको तेस्रो बार्षिकीत्सवको अवसरमा एक बिशेष कार्याक्रम बिच उत्त सम्मान प्रदान गरिने छ।