गोरुको नाममा राष्ट्रिय जनावर ‘गाई’को तस्करी

गोरुको नाममा राष्ट्रिय जनावर ‘गाई’को तस्करी

बर्दिबास :  गोरुको नाममा महोत्तरीमा राष्ट्रिय जनावर गाईको तस्करी भएको रहस्य खुलेको छ । दुई जनालाई इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीले भन्सार छली गर्दै गोरुको नाममा भारत तर्फलैजाँदै गरेको एक ट्रक गाई सहित पक्राउ गरेपछि उक्त रहस्यको पर्दाफास भएको हो । पक्राउ पर्नेमा बारा निवासी ४० बर्षीय ट्रक चालक कृष्ण राई र रुपन्देहीका साविकको बर्दावार गाविसका समसुल होदाबन्जरा रहेको डिएसपी प्रविण पोखरेलले जानकारी दिए । प्रहरीले ३ वटा गोरु र २७ गाई सहित उनीहरुलाई पक्राउ गरेको छ।

पूर्व—पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासस्थित भोला बसन्त चोकबाट प्रहरीले बिशेष सुराकीको आधारमा एक ट्रक गाईसहित उनीहरुलाई पक्राउ गरेको हो ।ना.६ क. ३८४१ नम्बरको ट्रकमा बर्दिवास —औरही —जलेश्वर सडक खण्ड हुँदै भारततर्फ लैजादै गर्दा चेकजाँचको क्रममा अबेर राति प्रहरीले राई र बन्जरालाई पक्राउ गरेको हो ।

गोरुको नाम दिएर गाईको नक्कली कागजात तयार गरेर तस्करी गरेर भारत लादैं गर्दा प्रहरीले नियन्त्रणमा लिएको ट्रक र पक्राउ गरेका व्यक्तिहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय भिठ्ठामोड जलेश्वर पठाइएको छ । १० लाख मुल्य कामय गर्दै प्रहरीले गाइलाई भन्सार कार्यालय पठाएको हो ।

 

लुम्विनी चौपाया खरिद बिक्री सप्लायर्स हेटौंडा-८ का संचालक आशराम श्रेष्ठले चौपाया आफुले उत्पादन गरेको र स्वस्थ्य रहेको भनी पशु स्वास्थ्य परिक्षण पत्रमा दावी गरेका छन् । हेटौडाबाट बिक्री गरेको चौपायाको स्वस्थ्य रहेको पत्र जिल्ला पशुसेवा कार्यालय नवलपरासीबाट जारी गरिएको कागजातमा उल्लेख छ । फेरी बिक्री गरेको किसानको नाम बिक्री गरेको बिलमा अनिल यादव उल्लेख छ । फरक फरक कागजातमा गाइको ठाउँमा गोरुको संख्या लेख्दै केरमेट गरिएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको गाई भारत र बंगलादेशतर्फ लैजान लागेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । महोत्तरीमा खुल्ला सीमा नाकाका कारण दैनिक गाईको नाममा भन्सार छलि गर्दै गोरु भारततिर तस्करी हुदै आएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.