धमाधम गैंडाको उद्धार गरिदैँ
सौराहा : चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएको गैंडाको बच्चाको शनिबार उद्धार भएको छ ।बाढीले त्रिवेणी पुर्याएको उक्त गैंडालाई उखुबारीबाट उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको छ । स्थानीयले उखुबारीमा गैंडा रहेको खबर दिएका थिए ।
निकुञ्ज र कोषको प्राविधिक सम्मिलित टोलीले गैंडाको उद्धार गरेको । अब दुई वर्षसम्म पालनपोषण गरिने कोषका वरिष्ठ प्रशासकीय अधिकृत रामकुमार अर्यालले जानकारी दिए । ‘गैंडा सानो भएकाले यत्तिकैमा जंगलमा छाड्दा उसलाई खतरा छ’, उनले भने ।
शनिबार बिहानै भारतबाट उद्धार गरिएको वयस्क पोथी गैंडालाई भने जंगलमा छाडिएको छ । बाढीले बगाएका ६ वटा गैंडाको उद्धार भइसकेको निकुञ्जले जनाएको छ ।