सामाजिक संस्थाद्वारा बाढीपीडितलाई राहत वितरण

सामाजिक संस्थाद्वारा बाढीपीडितलाई राहत वितरण

सुनसरीः दुई साता अघि गएको बाढीबाट प्रभावित सुनसरीका विभिन्न क्षेत्रका बासिन्दालाई राहत वितरण गरिएको छ। बाढीबाट अतिप्रभावित क्षेत्रमा चामल, दाल मसौरा, तेल, नुन, साबुन, फलफुल लत्ताकपडा वितरण गरिएको हो।

सिडिपिएन, कोरियन कम्यूनिटी फेलोसीप, रोज क्लव ईन्टरनेसनल गोदावरीले संयुक्त रुपमा सुनसरीमा राहत वितरण गरेका हुन्। आयोजकका अनुसार सुनसरीको नरसिंह ७ मा २ सय घर धुरी, भोक्रा ४ मा १सय ५०, बबियामा १ सय र लौकहीमा १ सय ७० घर परिवारलाई राहत वितरण गरिएको छ।

यस्तै बाढीप्रभावित क्षेत्रमा स्वास्थ्यशिविर समेत चलाइएको आयोजक संस्थाले जनाएको छ। आयोजकका अनुसार नरसिंहमा ६ सय ३० जना र लौकहीमा ३४३ जनाको उपचार गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.