सांसद अर्यालको पहलमा ५० लाख बराबरको राहत वितरण

सांसद अर्यालको पहलमा ५० लाख बराबरको राहत वितरण

पथरी (मोरङ): नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद अमृत अर्यालले नीजि प्रयासमा करिब रु ५० लाख मूल्य बराबरको खाद्यान्न र अन्य सामग्री बाढीपीडितलाई राहतका रुपमा वितरण गरेका छन्।

 

बाढी सुरु भएयता १३ दिनमा अर्यालले विराटनगरसहित जहदाका १० हजारभन्दा बढीलाई राहत दिएका हुन्। उनले एक हजार ६०० क्विन्टल चामल, तीन हजार त्रिपाल, ५०० क्विन्टल दाल, ५०० क्विण्टल चिउरा र भुजा, १० हजार थान झुल वितरण गरेका छन्।

अर्यालको पहलमा जहदामा एक हप्तासम्म भोजन गराइएको थियो। एलाइन्स फर डिजास्टर रिलिफ काठमाडौँको सहयोगमा सांसद अर्यालले जहदाका बासिन्दलाई वितरण गरेका हुन्। जहदा-३, ४, ५ र ७ वडाका ५५० परिवारलाई १५ किलो चामल, तीन किलो दाल, एक-एक लिटर तेल, नून, एक पौवा मसला, एक थान त्रिपाल र एक थान झुल वितरण गरियो।

रिलिफका संयोजक विकास सापकोटाको नेतृत्वको टोलीले रु १५ लाख बराबरको राहत अर्यालमार्फत वितरण गरिएको हो। अर्यालले मोरङ-५ का बाढीपीडितलाई पहिलोचरणमा न्यूनतम आवश्यकताका राहत वितरण गरिएको र दोस्रो चरणमा फाउण्डेशनबाट एक हजारलाई नयाँ घर बनाइदिने घोषणा गरे। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.