भूकम्पबाट चैन खोसिएका ११६ वस्तीका २३६१ घरपरिवार अझै जोखिममा

भूकम्पबाट चैन खोसिएका ११६ वस्तीका २३६१ घरपरिवार अझै जोखिममा

काठमाडौ :विनाशकारी भूकम्पबाट चैन खोसिएका र सपना गुमाएका एक सय १६ वस्तीका दुई हजार तीन सय ६१ घरपरिवार अहिले पनि जोखिममा छन् । भूकम्प गएको २९ महिनाको अवधिमा तीन बर्षात र दुई हिउँद जोखिमयुक्त वस्तीमा विताएका उनीहरुले अर्को हिउँद पनि चैनसँग बस्न पाउने अवस्था देखिएको छैन । करीव नौ हजार जनाको ज्यान लिने गरी गएको भुकम्पपछि सुशील कोइराला,केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा गरी चार जना प्रधानमन्त्री भए तर जोखिमयुक्त वस्तीमा रहेका पीडितहरुको जीवनस्तर जहाँको त्यहि छ । कागजी प्रक्रियामा अल्झिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण पनि राजनीतिक रुपमा भागवण्डाको शिकार भएको छ ।

 

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले भुकम्प गएको २९ महिनापछि जोखिमयुक्त बस्तीका बासिन्दालाई जतिसक्दो छिटो सुरक्षित ठाँउमा स्थानान्तरण गर्ने पहल स्वरुप तत्कालका लागि १७ घरपरिवारलाई लाभग्राही सूचिमा समावेश गरिएको बताए । लाभग्राही सूचीमा सूचीकृत भएपछि जग्गा खरिदका लागि दुई लाख र नीजि आवास पुनर्निर्माणका लागि थप तीन लाख रुपैया अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

प्राधिकरणले हालसम्म एक सय ३६ वस्ती स्थानान्तरण गर्नु पर्ने निष्कर्ष निकालेको छ । ती मध्ये ६० वटा वस्ती पुर्ण रुपमा र ७६ वटा वस्ती आंशिक रुपमा सार्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार एक सय १६ बस्तीमा दुई हजार तीन सय ६१ घरधूरीलाई स्थानान्तरण गर्नु पर्ने देखिएको छ ।

प्राधिकरणले पहिलो चरणमा पाँच जिल्लाका पाँच जोखियुक्त वस्तीलाई सुरक्षित ठाँउमा स्थानान्तरण गरी नमुना एकीकृत वस्ती निर्माण गर्ने प्रक्रिया पनि अघि बढाएको छ । त्यसमा गोरखाको केरौजा, सिन्धुपाल्चोकको सेलाङ, रसुवाको खाल्टे, नुवाकोटको उर्लेनी र दोलखाको बोसिम्पा छन् ।
जोखिमयुक्त वस्ती स्थानान्तरण प्रक्रियालाई सहजीकरण गरी तीव्रता दिन प्राधिकरणले परामर्शदातालाई समेत जिल्लामा परिचालन गरिसकेको छ । उनीहरुले पहिलो चरणमा नक्साको बिस्तृत खाका बनाएर प्राधिकरणसमक्ष प्रस्तुत गरिसकेका छन् ।

 प्राधिकरण कार्यकारी समितिको पछिल्लो बैठकले धादिङको गंगाजमुना गाउँपालिकाका १७ घरधनीलाई लाभग्राही सूचीमा राखेको हो । धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर १ रि गाउँका ल्बेक लामा तामाङ, नेम बहादुर तामाङ, सुतमान तामाङ, बल बहादुर तामाङ र चम बहादुर तामाङलाई प्राधिकरणले लाभग्राही सूचीमा राखेको घोषणा गरेको छ ।

यसैगरी सोही गाउँपालिकाकाको २ नम्बर वडाका रामबहादुर तामाङ, शिर्वा तामाङ, गंग बहादुर तामाङ, फर्वा लामा तामाङ, दाइ बहादुर तामाङलाई पनि लाभग्राहीमा प्राधिकरणले सुचीकृत गरेको छ । त्यसैगरी रक्से लामा तामाङ, मनोज तामाङ, जल बहादुर तामाङ, डेमे लामा तामाङ, सुन बहादुर तामाङ, अमृत तामाङ र खम्बा लामा तामाङ पनि लाभग्राहीको सुचीमा परेका छन् ।

यस्ता जोखिमयुक्त वस्तीबाट स्वच्छिक रुपमा सुरक्षित स्थानमा सर्न चाहने लाभग्राहीलाई प्राधिकरणको सिफारिसमा सरकारले घडेरी खरिद गर्न दुई लाख रुपैया दिन्छ । बाँकीलाई उपयुक्त जग्गा व्यवस्थापनका लागि पहल गर्न प्राधिकरणले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.