ट्रक र जीप ठोक्किदा ११को मृत्यु

ट्रक र जीप ठोक्किदा ११को मृत्यु

नयाँ दिल्ली: पश्चिम भारतीय राज्य गुजरातमा आइतबार भएको एक सडक दुर्घटनामा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ। ट्रक र जीप एकआपसमा ठोक्किँएर भएको यस घटनामा एघारको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका स्थानीय सञ्चार माध्यमले जनाकारी दिएको छ।

 

गुजरात राज्यको प्रान्तीय राजधानी गान्धीनगरबाट ३६४ किलोमिटर दक्षिणमा पर्ने बोताद जिल्लामा यो घटना भएको थियो। यस घटनामा पाँच महिला र छ पुरुषको मृत्यु भएको छ।

भारतमा मर्मत नगरिएको सडक, क्षमता भन्दा बढी यात्रु सवार र चालकले खतरायुक्त रुपमा सावारी साधन चलाउनु नै बारम्बार दुर्घटना हुनको प्रमुख कारणहरु रहेका छन।

भारतमा गत बर्ष भएका सडक दुर्घटनाहरुमा करिब एक लाख ५० हजार व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी सन् २०१५ मा १ लाख ४६ हजार १३३ व्यक्तिको मृत्यु भएको बताइएको छ। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.