साफ च्याम्पियनसिप फाइनल: नेपाल दबाबमा, नेपाल-१ भारत-२ (लाइभ)
काठमाडौं : यू–१५ साफ च्याम्पियनसिप फुटबलको फाइनल भिडन्तमा परिचित प्रतिद्वन्द्वी नेपाल र भारत भिड्दैछन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपालले भारतमाथि ४० औँ मिनेटमा गोल गर्दै अग्रता लिएको नेपाल दोस्रो हाफमा पछाडि परेको छ । दोस्रो हाफको सुरुमै भारतले नेपालमाथि दुई गोल गर्दै जित आफ्नो पक्ष नजिक पुर्याएको छ ।
लिग चरणमा समूह ‘बी’बाट प्रतिस्पर्धा गरेका दुवै टोली समूह विजेता र उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेका थिए। समूह चरणमा नेपालले भारतसँग २–१ गोलको हार खेपेको थियो। यद्यपि फाइनलमा उही प्रतिद्वन्द्वी पाएको नेपाललाई अघिल्लो खेलको गल्ती सच्याएर उपाधि घरमै राख्ने उचित मौका मिलेको छ। नेपालले सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोलले हराएको थियो। भारतले भने भुटानलाई ३–० गोलले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो।