साफ च्याम्पियनसिप फाइनलमा भारतसँग नेपाल २-१ ले पराजित

साफ च्याम्पियनसिप फाइनलमा भारतसँग नेपाल २-१ ले पराजित

काठमाडौं : हरेक फुटबल स्पर्धाको फाइनलमा भारत तगारो बन्दै आएको दृष्टान्त यसपटक पनि दोहोरिएको छ । यू–१५ साफ च्याम्पियनसिप फुटबलको आइतबार भएको फाइनलमा भारतले नेपाललाई २–१ गोलले हराउँदै उपाधि हात पारेको छ । एन्फा टेक्निकल मैदान ललितपुरमा परिचित प्रतिद्वन्द्वी भारतसँग नेपालले सुरुआती अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन ।

 

नेपालले ४१औं मिनेटमा बृजेस चौधरीको पेनाल्टी गोलमार्फत गोल गरेको थियो । डिबक्सभित्र भारतका मोइराङ्थेम थोइबा सिंहले नेपालका रञ्जन पुनलाई फल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । पहिलो हाफमा थप दुईवटा गोलको अवसर खेल फालेको नेपाल दोस्रो हाफमा भने निरिह देखियो । दोस्रो हाफमा खेलमा फर्किएको भारतले ५९औं मिनेटमा बराबरी गोल फर्कायो । भारतका लागि लाल रोकिमाले बराबरी गोल गरे । ४८ औं मिनेटमा रविबहादुर रानाको स्थानमा मैदान छिरेका लाल रोकिमाले डिबक्स छेउबाट गोल गरेका थिए ।

यसैगरी ७५औं मिनेटमा भारतका कप्तान विक्रमप्रताप सिंहले डिबक्सभित्र नेपालका चारजना रक्षकलाई छल्दै प्रहार गरेको ग्रास सटले सोझै जाली चुमेपछि नेपाल हार खेप्न बाध्य बन्यो ।

समुहगत चरणको खेलमा पनि नेपाल भारतसँग २–१ गोलले नै पराजित भएको थियो । यसैगरी तेस्रो स्थानका लागि हल्चोकस्थित एपीएफको मैदानमा भएको खेलमा बंगलादेशले भुटानलाई ८–० गोलले हरायो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार भारतका कप्तान विक्रमप्रताप सिंहले पाए । सर्वाधिक गोलकत्र्ताको पुरस्कार बंगलादेशका मोहमद फैजल रहिमले पाए । उनले खेलभर सातवटा गोल गरेका थिए । फेयर प्ले टोलीको उपाधि बंगलादेशले हात पार्‍यो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.