पहिरोले एकसय ४५ रोपनी धानखेत बगायो
नुवाकोट: अविरल बर्षापछि आएको बाढीपहिरोले नुवाकोटको पूर्वी क्षेत्रमा सयौं रोपनी धानखेत बगाउनुका साथै खानेपानीको मुहान समेत बगाएको छ। सानाठुला सिँचाइ आयोजनामासमेत क्षति पुर्याएको छ।
सदरमुकाम बिदुरदेखि २५ किलोमिटर उत्तरपुर्वी भेगमा रहेको पञ्चकन्या गाउँपालिका वडा नं. २ मा पहिरो जाँदा स्थानीय ३८ घरपरिवारको एकसय ४५ रोपनी धान खेत बगाउनुका साथै ४० वटा सानाठुला सिँचाइ आयोजना बगाएको वडाध्यक्ष ध्रुवप्रसाद मिश्रले जानकारी दिए।
उनले १० वटा खानपानीको योजनामा समेत क्षति भएपछि स्थानीय ५० घरपरिवार पिउनेपानीबाट बन्चित भएको बताए।