राहत नपाएको भन्दै बाढीपीडितद्वारा प्रदर्शन

राहत नपाएको भन्दै बाढीपीडितद्वारा प्रदर्शन

गाैर: रौतहटको दुर्गाभगवती गाउँपालिकाका बाढी पीडितहरुले राहत नपाएको भन्दै सदरमुकाम गौरमा प्रदर्शन गरेका छन्। आइतबार सो गाउपालिकाको भलौहियाका सयौं बाढी पीडितहरुले गौर स्थित जिल्ला प्रशासन कार्यालय र रेडक्रस सोसाइटी गौर शाखा अगाडि प्रर्दशन गरेका हुन्।

राहत वितरणमा भेदभाव भएको भन्दै उनीहरुले समान रुपमा सबैलाई राहत वितरणको माग गरे। आफूहरुले दुई सातादेखि कुनै पनि राहत नपाएको बाढीपीडित सतेन्द्र दासले गुनासो गरे।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रौतहटका सभापति संजिव कुमार मल्लिकले राहतमा कुनै भेदभाव नगरेको बताए। जिल्लामा ११ सय घरपरिवारलाई राहत सामाग्री आएको र घर भत्किएकाहरुको लगत संकलन गरेर बितरण भैरहेको रेडक्रसका सभापती मल्लिकले जानकारी दिए।

केन्द्रबाट आएको राहत सामग्री क्षतिको अवस्था हेरेर सबै नगरपालिका तथा गाउँपालिकाहरुमा पठाइएको प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापाले बताए। उनले केही क्षेत्रमा राहत थोरै भएको भन्दै बाढीपीडितले राहत लिन नमानेको बताए।

रौतहटमा बाढीबाट ६० हजार घरमा क्षति भएको र तीनलाख मानिस बाढीबाट प्रभावित बनेका प्रशासनले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.