माओवादी विद्यार्थी चुनावमा गृहमन्त्री र पूर्व अर्थमन्त्रीको भिडन्त !

माओवादी विद्यार्थी चुनावमा गृहमन्त्री र पूर्व अर्थमन्त्रीको भिडन्त !

काठमाडौं : सर्वसम्मत नेतृत्व चयन पक्रिया असफल भएपछि माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व निर्वाचन प्रक्रियाबाट चुनिने भएको छ । सहमतिका लागि नेताहरुले लगातार पाँच दिन यता गरेको प्रयास असफल भएपछि मंगलबार निर्वाचन गर्ने गरी चुनावी प्रक्रिया अगाडी बढेको छ ।

अखिल क्रान्तिकारीको अध्यक्षका लागि अनिल शर्मा र रन्जित तामाङ चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । यस अगाडि अध्यक्षका लागि पाँच जना विद्यार्थी नेताले इच्छा देखाएका थिए । तर, पछिल्लो पटक अध्यक्षको दावी गरिरहेका विद्यार्थी नेता रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत र मदन अर्यालले अनिल शर्मालाई समर्थन गदै आफ्नो उम्मेदवारीबाट पछाडि हटेका छन् । शर्मा गृहमन्त्री जनार्दन शर्माका भाइ हुन भने तामाङ पूर्व अर्थमन्त्री वर्षमान पुनका नजिकका विद्यार्थी नेता हुन् । माओवादी नेताले विद्यार्थी संगठनमा देखिएको शर्मा र पुनले अगाडि सारेका विद्यार्थी नेताको प्रतिस्पर्धालाई रोल्पा र रुकुमको भिडन्तको रुपमा समेत व्याख्या गर्न थालेका छन् । 



 

सहमतिका लागि विद्यार्थी फ्याक्सन इन्चार्ज समेत रहेका माओवादी हेर्डक्वार्टर सदस्य हितमान शाक्यसहितको छलफलमा अधिकारी,वस्नेत र अर्यालले शर्माको नाममा सहमति गर्न सकिने भन्दै पछि हटेका थिए । तर तामाङले भने निर्वाचन विधि वाटै नेतृत्व चयन हुनु पर्ने भन्दै अडान लिएपछि सहमतिको प्रयास विफल भएको थियो । अध्यक्षका यी दुवै प्रतिस्पर्धी सस्थापन पक्षका हुन् । शर्मा गृहमन्त्री समेत रहेका माओवादी नेता जर्नादन शर्माका सहोदर भाई हुन भने तामाङ वर्षमान पुन नजिकका विद्यार्थी नेता हुन् । महासचिवमा भने दुवै पक्षले उम्मेदवारी टुंगो लगाई सकेका छैनन । शर्माले विरेन्द्र वस्नेत वा उत्तम अधिकारी मध्ये एकलाई महासचिव वनाउने तयारी गरेका छन् । उता तामाङले भने खेम सिंह, धुव्र विक्रम ओली वा विजय गौतममध्ये एकलाई आफुले महासचिव वनाउने तयारी गरेको वताए ।

माओवादी र उसका भातृ संगठनकै इतिहासमा आन्तरिक चुनावी प्रतिस्पर्धावाट नेतृत्व चयन हुन लागेको यो पहिलो पटक हो । ‘अझै पनि सहमतिको प्रक्रिया पनि जारी नै छ, तर हुदै भएन भने सधै सहमति भनेर वस्न नसकिने भएकोले निर्वाचन प्रक्रिया अगाडी वढाईएको हो,’ निर्वाचन समितिका सदस्य रत्न ढकालले अन्नपूर्णसँग भने । क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन ७ देखि ११ भदौंसम्म तोकिएको थियो । निर्वाचन समितिले चुनावी प्रक्रिया अगाडी वढाएको वताएको छ । निर्वाचन समितिका सदस्य रत्न ढकालका अनुसार, सोमबारवाटै निर्वाचनका लागि प्रक्रिया अगाडी वढेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा दावी विरोध गर्नेहरुको संख्या वढेपछि आइतबार साझ नै उम्मेदवार मनोनयन गर्ने भनी तोकिएको समय एक दिन पछाडी धकेलिएको छ ।

सोमबार विहान ७ वजेवाट मात्र उम्मेदवार मनोनयन गर्ने कार्यतालिका निर्वाचन समितिले तय गरेको निर्वाचन समिति सदस्य ढकालले वताए । क्रान्तिकारीले अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहित नौ जना उपाध्यक्ष, पाँच जना उपमहासचिव, १६ जना सचिव गरी ३३ जनाको पदाधिकारी चयन गर्नेछ । केन्द्रीय समिति भने २४३ सदस्यीय हुने क्रान्तिकारीको बिधान राष्टिय सम्मेलनको वन्दसत्रले पारित गरिसकेको छ ।
सम्मेलनमा विद्यार्थी नेताहरुको उमेर हद लगाउनु पर्ने विषयमा प्रतिनिधिहरुले चर्काे आवाज उठाएपनि विशेष परिस्थितिमा सम्मेलन हुन लागेको भन्दै नयाँ आउने केन्द्रीय समितिले एक वर्ष भित्र छुट्टै विधान सम्मेलन गरेर उमेर हद टुंगो लगाउने सहमति वनेको छ । 

उपाध्यक्षमा दीपक देवकोटासहितका बिद्यार्थी नेताहरुले उम्मेदवारी दिने तयारी गरेका छन् । 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.