प्रधानमन्त्री स्वदेश फर्कदा बिरोध गर्न खोज्ने बिप्लवका कार्यकर्ता पक्राउ
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्कने वेला कालो झण्डा प्रदर्शन गर्ने तयारीमा रहेका नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा बाबुराम राई,रवि गोले,रविन्द्र मिश्र,डा शितल शर्मा, सावित्रा अधिकारी, रण बिक दलित, भरत तामाङ, दिवाकर कार्की, युवराज पराजुली, राजकुमार बस्नेत, कृष्ण चौधरी,रोशन किराती, छविराज राई छन् ।
सो पार्टीको काठमाडौका इञ्चार्ज गुणराज लोहनीले पक्राउ गरिएका कार्यकर्ताहरुलाई रिहा गर्न माग गरेका छन् । ‘राष्ट«घाती सम्झौता विरुद्ध नारा लगाउनु अधिकार हो, फासीबादी शैली, त्यसको विरुद्ध आन्दोलन हो, गिरफ्तारलाई तत्काल रिहा नगरे कडा संघर्षमा उत्रनेछौ’ लोहनीले भने ‘शेरबहादुर देउवाले भारतमा राष्ट्रघाती सम्झौतालाई निरन्तरता दिएका छन् । सार्वभौमिकता खण्डित हुने गरी बोलेका छन् । त्यसको बिरोधमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरिएका नेता कार्यकर्तालाई तत्काल रिहा गरिनुपर्छ ।’